ऐनामा देखिने आस्था: सेतीदेवी मन्दिरको विशेषता, हेरौं तस्वीरहरू

सिन्धुली । काठमाडौंबाट बीपी राजमार्ग हुँदै पूर्व जाँदा मुलकोटको उकालो चढे संगै सडक किनारमै देखिन्छ सेतीदेवी मन्दिर, जहाँ भित्ताभरि टाँसिएका ऐनाहरुले यात्रुहरूको ध्यान खिच्छ । मनोकांक्षा पूरा होस् भन्ने विश्वासले श्रद्धालुहरू यहाँ ऐना चढाउँछन् । राजमार्गको तल्लो पट्टिमा मुल मन्दिर रहेको छ भने माथिल्लो भित्तामा ऐना टाँसिन्छ । साँघुरो घुम्तीको छेउमै रहेको यो स्थल श्रद्धा […]

Jul 11, 2025 - 05:30
 0
ऐनामा देखिने आस्था: सेतीदेवी मन्दिरको विशेषता, हेरौं तस्वीरहरू

सिन्धुली । काठमाडौंबाट बीपी राजमार्ग हुँदै पूर्व जाँदा मुलकोटको उकालो चढे संगै सडक किनारमै देखिन्छ सेतीदेवी मन्दिर, जहाँ भित्ताभरि टाँसिएका ऐनाहरुले यात्रुहरूको ध्यान खिच्छ ।

मनोकांक्षा पूरा होस् भन्ने विश्वासले श्रद्धालुहरू यहाँ ऐना चढाउँछन् । राजमार्गको तल्लो पट्टिमा मुल मन्दिर रहेको छ भने माथिल्लो भित्तामा ऐना टाँसिन्छ । साँघुरो घुम्तीको छेउमै रहेको यो स्थल श्रद्धा र आस्थाको प्रतीक बनेको छ ।

२०६८ वैशाख २० गते एउटा यात्रुबस यहीँ नजिक रिठेभीरबाट सुनकोसीमा खस्दा १३ जनाको ज्यान गएको थियो । त्यसको करिब पाँच महिनापछि सिन्धुलीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुनकोशीमा खस्दा ४१ जनाको मृत्यु भयो ।

लगातारको दुर्घटनाका कारण चिन्तित मुलकोटका स्थानीयले सप्ताह लगाए । यसै ठाउँमा अहिले दुर्घटना नहोस् भनेर ऐना चढाउन थालिएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register