बागमती प्रदेशसभा बैठक : खेलकुद विकास ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

मकवानपुर । बागमती प्रदेशसभाको शनिबारको बैठकले ‘प्रदेश खेलकुद विकास ऐन २०७५, लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिबाट पारित गरेको छ । उक्त विधेयक पारित गरियोस् भनी प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बैठकमा पेस गरेका थिए । सोही विधेयकमाथि दफावार छलफलका क्रममा सांसद रत्नप्रसाद ढकाल र छिरिङदोर्जे लामाले विधेयकमाथि प्रश्न उठाएकोमा मन्त्री महर्जनले उत्तर दिएका […]

Feb 9, 2025 - 00:24
 0
बागमती प्रदेशसभा बैठक : खेलकुद विकास ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

मकवानपुर । बागमती प्रदेशसभाको शनिबारको बैठकले ‘प्रदेश खेलकुद विकास ऐन २०७५, लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिबाट पारित गरेको छ ।

उक्त विधेयक पारित गरियोस् भनी प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बैठकमा पेस गरेका थिए ।

सोही विधेयकमाथि दफावार छलफलका क्रममा सांसद रत्नप्रसाद ढकाल र छिरिङदोर्जे लामाले विधेयकमाथि प्रश्न उठाएकोमा मन्त्री महर्जनले उत्तर दिएका थिए ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गरे । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register