रोट्रयाक्ट क्लब सैबु भैसेपाटीकोे अध्यक्षमा श्रेष्ठ

काठमाडौँ।   रोट्रयाक्ट क्लब अफ सैंबु भैंसेपाटीकोे सन् २०२५–२०२६ को  अध्यक्षमा त्रिविवेक श्रेष्ठ निर्वाचित भएका छन् । हालै सम्पन्न पद हस्तान्तरण कार्यक्रममा  नयाँ  कार्यसमिति घोषणा गरिएको  थियो । क्लबको  निवर्तमान अध्यक्षमा अस्मिता शिल्पकार,उपाध्यक्षमा रेनुका विक, सचिवमा निशा कोइराला, सहसचिवमा  श्रीया तिमल्सिना कोषाध्यक्षमा अच्युत पौडेल,सहकोषाध्यक्षमा गोरख श्रेष्ठ चयन भएका छन्  ।  क्लबको  क्लब सर्भिस डिरेक्टरमा दिव्य दवाडी,कम्युनिटी […]

Jul 14, 2025 - 11:09
 0
रोट्रयाक्ट क्लब सैबु भैसेपाटीकोे अध्यक्षमा श्रेष्ठ

काठमाडौँ। 

 रोट्रयाक्ट क्लब अफ सैंबु भैंसेपाटीकोे सन् २०२५–२०२६ को  अध्यक्षमा त्रिविवेक श्रेष्ठ निर्वाचित भएका छन् । हालै सम्पन्न पद हस्तान्तरण कार्यक्रममा  नयाँ  कार्यसमिति घोषणा गरिएको  थियो । क्लबको  निवर्तमान अध्यक्षमा अस्मिता शिल्पकार,उपाध्यक्षमा रेनुका विक, सचिवमा निशा कोइराला, सहसचिवमा  श्रीया तिमल्सिना कोषाध्यक्षमा अच्युत पौडेल,सहकोषाध्यक्षमा गोरख श्रेष्ठ चयन भएका छन्  ।

 क्लबको  क्लब सर्भिस डिरेक्टरमा दिव्य दवाडी,कम्युनिटी सर्भिस डिरेक्टरमा रोनिला गुरुङ, प्रोफेस्नल सर्भिस डिरेक्टरमा सलिम थापा, इन्टर्नेसनल सर्भिस डिरेक्टरमा  ऋषभ खनाल,सार्जेन्ट एट् आम्र्समा कृष्ण दास, कम्युनिकेसन म्यानेजरमा सन्ध्या शाक्य, द रोटरी फाउन्डेसन चियरमा  सिबल थापा, पब्लिक इमेज चियरमा टुलिप श्रेष्ठ, मेम्बरशिप डेभलपमेन्ट चियर दिया महर्जन चयन भएका छन् ।

 रोटरी क्लको युवा संगठनको रुपमा रहेको रोट्रयाक्ट क्लबले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न योजना सम्पन्न गरिरहेका छन् । रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष कर्ण थापा क्षेत्री र निवर्तमान अध्यक्ष सिंहराज थापाको प्रमुख आतित्थमा भएको कार्यक्रममा नवनियुक्त अध्यक्षले आफ्नो भावी योजना प्रस्तुत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register