नयाँ स्टक एक्सचेञ्जमा ठूलो चलखेल भएको प्रचण्डको दाबी, भने- ‘प्रक्रिया रद्द गर्ने हिम्मत छ ?’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ स्टक एक्सचेञ्जका लागि ठूलो चलखेल भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले नयाँ स्टक एक्सचेञ्जका लागि ठूलो चलखेल भएको दाबी गर्दै पुरानो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेका छन् ।  ‘अहिले नयाँ स्टक एक्सचेञ्जका […]

Jul 14, 2025 - 13:23
 0
नयाँ स्टक एक्सचेञ्जमा ठूलो चलखेल भएको प्रचण्डको दाबी, भने- ‘प्रक्रिया रद्द गर्ने हिम्मत छ ?’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ स्टक एक्सचेञ्जका लागि ठूलो चलखेल भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नयाँ स्टक एक्सचेञ्जका लागि ठूलो चलखेल भएको दाबी गर्दै पुरानो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेका छन् । 

‘अहिले नयाँ स्टक एक्सचेञ्जका लागि निकै ठूलो चलखेल भइरहेको छ ।’, उनले भने, ‘के सरकार अहिलेको प्रक्रिया रद्द गरेर लाइसेन्स लिन चाहने इच्छुकहरुलाई निर्धारित मापदण्ड र विधिसम्मत तरिकाले प्रक्रिया अगाडि बढाएर भ्रष्टाचार रोक्न तयार छ ?’ 

त्यस्तै, प्रचण्डले नयाँ स्टक एक्सचेञ्ज ल्याउन अघि बढाइएको हालको प्रक्रिया रोकेर भ्रष्टाचार नियन्त्रण गर्ने ढंगले नयाँ लाइसेन्सको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register