बहुउद्देश्यीय भ्यु टावरमा पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमालाई मन्त्रालयको सहमति

बुटवल।  रुपन्देहीका तिलोत्तमा नगरपालिका वडा नम्बर  १ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण गरिएको बहुउद्देश्यीय भ्यु टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकालाई पर्यटन मन्त्रालयले सहमति दिएको छ ।  मन्त्रालयको सहमतिपछि नगरपालिकालाई आफ्नै लगानीमा टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउने कानुनी अड्चन हटेको छ । पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकाले संस्कृति, पर्यटन […]

Jul 14, 2025 - 14:08
 0
बहुउद्देश्यीय भ्यु टावरमा पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमालाई मन्त्रालयको सहमति

बुटवल। 

रुपन्देहीका तिलोत्तमा नगरपालिका वडा नम्बर  १ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण गरिएको बहुउद्देश्यीय भ्यु टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकालाई पर्यटन मन्त्रालयले सहमति दिएको छ । 

मन्त्रालयको सहमतिपछि नगरपालिकालाई आफ्नै लगानीमा टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउने कानुनी अड्चन हटेको छ । पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग लागत साझेदारी गरेको थियो । 

तर, साझेदारी अनुसार मन्त्रालयले बजेट उपलब्ध नगराएपछि टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणले पूर्णता पाउन सकेको थिएन । लागत साझेदारी भैसकेको क्षेत्रमा नगरपालिका एक्लैले पूर्वाधार निर्माण भुक्तानी गर्दा कानुनी अड्चन आउन सक्ने भएकोले नगरपालिकाले पर्यटन मन्त्रालयको सहमति खोजेको थियो ।

 पर्यटन मन्त्रालयले यही असार २९ गते सचिव स्तरीय निर्णय गर्दै तिलोत्तमा नगरपालिकालाई सहमति दिएसँगै अब पर्यटकीय पूर्वाधार निर्माणका लागि कानुनी अड्चन हटेको हो । तिलोत्तमा नगरपालिकाले टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड खर्च गरेको छ भने आगामी आर्थिक वर्षको लागि थप एक करोड विनियोजन गरी नीति तथा कार्यक्रम र बजेटबाट पास गरेको नगर प्रमुख रामकष्ण खाँणले बताए ।

 नगरपालिकाको  गौरवको आयोजनाका रुपमा रहेको बहुउद्देशीय भ्यूटावर संचालनको अनुमतीले यस क्षेत्रमा आन्तरिक तथा बाह् पर्यटक भित्राई रोजगारीको सृजना संगै नगरपालिकालाई आर्थिक रुपमा समेत टेवा पुग्ने विश्वास नगर प्रमुख खाँणले बताए । 

टावर रहेको वडाका वडा अध्यक्ष फर्शुराम  गिरीले टावर सञ्चालनका लागि वर्तमान नगर प्रमुख उप प्रमुख र सिगो कार्यपालिकाको ठुलो ईच्छा शक्तिले संचालनको वाटो खुलेको बताए ।  भ्यूटावर  संचालनले वनवाटिकाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । बहुउद्देश्यीय टावर सञ्चालनमा आएपछि नगरपालिकालाई नियमित आम्दानीको स्रोत समेत  बन्ने अध्यक्ष गिरीले बताए ।

बाँकी संरचनाहरु आगामी आर्थिक वर्षमा निर्माण गरेर बहुउद्देश्यीय टावर सञ्चालनमा ल्याउने नगरपालिकालाई अब सहज भएको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताए । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण गरिएको हो ।

झण्डै ९ करोड लागतमा बनेको टावर सञ्चालनमा नआउँदा सर्वत्र आलोचना भैरहँदा मन्त्रालयले नगरपालिकालाई सहमति प्रदान गरेको हो । सहमतिले अब तिलोत्तमा नगरपालिकाले टावरमा पूर्वाधार निर्माणका काम आफैंले गर्न सक्ने कानुनी आधार निर्माण भएको हो । काठमाडौँको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भ्यु टावरका रुपमा यसलाई लिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register