लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

बुटवल।  महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए […]

Jul 14, 2025 - 14:17
 0
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

बुटवल। 

महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए । अस्पतालमा ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’को समेत मन्त्री सारुले शुभारम्भ गरे ।

 प्रदेशका जनताहरुको स्वास्थ्य सेवाप्रति सरकार गम्भिर रहेको बताउँदै उनले विकट क्षेत्रका तथा आधारभूत तहका स्वास्थ्य संस्थाहरुमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी पहुँच बिस्तारको योजनामा रहेको बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले खटाएको कुनै पनि ठाउँमा गएर काम गर्न आग्रह गर्दै उनले जनताको सेवाका लागि विधिमा रहेर काम गर्नुपर्नेमा जोड दिए । अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको सेवा बिस्तारका लागि निरन्तर प्रयत्नशिल भएको दाबी गरे । 

अस्पतालमा शुभारम्भ गरिएका नयाँ सेवाहरुबारे जानकारी गराउँदै मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले सेवालाई विशिष्टिकृत गर्ने सवालमा उल्लेख्य प्रगति हासिल हुँदै गएको दाबी गरे । संघीय सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत व्यवस्थापन महाशाखाको करिब २ करोड ८० लाख लागतमा म्यामोग्राफी मेशिन खरिद गरी जडान गरिएको हो । 

अस्पतालमा स्थापना गरिएको अर्को नयाँ सेवा ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’ मेशिनले सेवाग्राहीले थप सहज हुने अपेक्षा गरिएको मेसु ढकालले बताए । 

यो मेशिनबाट सेवाग्राही आफैले क्युआर स्क्यान गरी सम्पूर्ण मेडिकल रिपोर्ट बुझ्न पाउनेछन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register