बेलायतका तामाङहरू अन्ततः एकताको मालामा गाँसिए

लन्डन- ‘एकता नै बल हो’ भन्ने दृढ विश्वास र साझा भावनाका साथ बेलायतमा छरिएर रहेका तामाङहरू अन्ततः एकताको सुत्रमा गाँसिएका छन् । आफ्ना मौलिक संस्कृति, भाषा, पहिचान र भेषभूषा संरक्षण गर्ने अभियान एकता बिना सम्भव छैन भन्ने सोच अग्रज तथा युवापुस्ताको साझा धारणा बनेपछि एकता सम्भव भएको हो । आइतबार बेलायतमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर […]

Jul 14, 2025 - 11:09
 0
बेलायतका तामाङहरू अन्ततः एकताको मालामा गाँसिए

लन्डन- ‘एकता नै बल हो’ भन्ने दृढ विश्वास र साझा भावनाका साथ बेलायतमा छरिएर रहेका तामाङहरू अन्ततः एकताको सुत्रमा गाँसिएका छन् । आफ्ना मौलिक संस्कृति, भाषा, पहिचान र भेषभूषा संरक्षण गर्ने अभियान एकता बिना सम्भव छैन भन्ने सोच अग्रज तथा युवापुस्ताको साझा धारणा बनेपछि एकता सम्भव भएको हो ।

आइतबार बेलायतमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको विशेष उपस्थितिमा तामाङ घेदुङ यूकेको केन्द्रिय तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ।

बेलायतमा क्रियाशील पाँचवटा तामाङ संघ-संस्थाहरूको आपसी सद्भाव, समझदारी र सहमतिमा हरिसिंह वाइबाको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

कार्यक्रमका अवसरमा नवगठित तामाङ घेदुङ यूके केन्द्रिय तदर्थ समितिले मुख्यमन्त्रीलाई सम्मान तथा स्वागत समेत गरेको थियो।


सोही अवसरमा मुख्यमन्त्री लामाले भने- ‘आपसमा लड्नुभन्दा सबै एकजुट भई अघि बढ्नु संघ-संस्थाको बल हो। यूकेमा भएको यो एकताले संसारभर छरिएर रहेका तामाङहरूलाई पनि एकताको प्रेरणा दिनेछ।’

मुख्यमन्त्री लामाले नवगठित तदर्थ समितिका अध्यक्ष हरिसिंह वाइबा र उनको टिमलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना पनि दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register