सिन्धु विकास बैंकको नाफा ह्वात्तै बढ्यो

काठमाडौँ । सिन्धु विकास बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा बैंकले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ करोड […]

Jul 22, 2025 - 04:34
 0
सिन्धु विकास बैंकको नाफा ह्वात्तै बढ्यो

काठमाडौँ । सिन्धु विकास बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा बैंकले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खराब कर्जा घटेपछि इम्पेयरमेन्ट चार्ज घट्दा गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको खुद नाफा उल्लेख्य बढेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३४.५३ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ४१७.३९ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेपछि बैंकको इम्पेयरमेन्ट चार्ज १७ करोड ९० लाख रुपैयाँमा झरेको छ । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ६९ पैसाले बढेर २१ रुपैयाँ १५ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ७० पैसा छ भने मूल्य आम्दानी अुनपात ४०.९९ गुणा रहेको छ । ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register