भूकम्पग्रस्त म्यानमारमा सरकारले खाद्यान्न र सेना पठाउने 

काठमाडौँ । सरकारले म्यानमारमा खाद्यान्न र नेपाली सेना पठाउने भएको छ । मन्त्रिपरिषद् बैठकले भूकम्पग्रस्त म्यानमारमा खाद्यान्नसहितका समान र उद्धारका लागि नेपाली सेना पठाउने निर्णय गरेको हो ।  भूकम्प प्रभावितलाई राहत सामाग्री र उद्धारका लागि सेना पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।  गुरुङका अनुसार म्यानमारमा […]

Apr 1, 2025 - 12:05
 0
भूकम्पग्रस्त म्यानमारमा सरकारले खाद्यान्न र सेना पठाउने 

काठमाडौँ । सरकारले म्यानमारमा खाद्यान्न र नेपाली सेना पठाउने भएको छ । मन्त्रिपरिषद् बैठकले भूकम्पग्रस्त म्यानमारमा खाद्यान्नसहितका समान र उद्धारका लागि नेपाली सेना पठाउने निर्णय गरेको हो । 

भूकम्प प्रभावितलाई राहत सामाग्री र उद्धारका लागि सेना पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । 

गुरुङका अनुसार म्यानमारमा सरकारले पठाउने राहत सामाग्रीमा त्रिपाल, खाद्यान्न, भाँडा र विपदमा आवश्यक पर्ने अन्य सामाग्रीहरु हुनेछन् । म्यानमारमा रहेको नेपाली दूतावासले दिएको विवरणका आधारमा सामान खरिदका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिइसकिएको गुरुङले बताएका छन् । 

नेपालबाट राहत सामाग्री नेपाल वायु सेवा निगमको जहाजमार्फत पठाइनेछ । म्यानमारको राजधानी नापिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी हालसम्म २ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने तीन हजार बढी घाइते भएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register