२६ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

झापा, ९ साउन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज साउन ९ गतेका लागि २६ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै एल्लो अलर्ट जारी गरेको छ। बाढी मापन अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि आज दिनभर [...] The post २६ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह appeared first on Jhapa Online.

Jul 25, 2025 - 04:12
 0
२६ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

झापा, ९ साउन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज साउन ९ गतेका लागि २६ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै एल्लो अलर्ट जारी गरेको छ।

बाढी मापन अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि आज दिनभर बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत र दैलेख जिल्लामा बहने ससाना नदीमा बाढीको सम्भावना मध्यम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

The post २६ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register