बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ९ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति कालिका नगरपालिका–२ निवासी ३५ वर्षीय मुकुन्द कँडेल हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना गए राति १२स्३० बजे भएको हो। खैरहनीबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ [...] The post बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on Jhapa Online.

Jul 25, 2025 - 04:12
 0
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ९ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुने व्यक्ति कालिका नगरपालिका–२ निवासी ३५ वर्षीय मुकुन्द कँडेल हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना गए राति १२स्३० बजे भएको हो। खैरहनीबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबसलाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरहनीतर्फ गइरहेको बा प्र ०६–००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते कँडेलको भरतपुर अस्पतालमा राति १स्१९ बजे उपचारका क्रममा मृत्यु भएको हो। बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

The post बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register