दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

कालीकोट, ८ बैशाख । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पलाँता गाउँपालिका–५ अम्मा शाही, पलाँता गाउँपालिका–४ का ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र विक र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो [...] The post दुर्घटनामा चालकसहित चार जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 21, 2025 - 02:42
 0
दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

कालीकोट, ८ बैशाख । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पलाँता गाउँपालिका–५ अम्मा शाही, पलाँता गाउँपालिका–४ का ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र विक र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।

पलाँता गाउँपालिका–२ राडुनेटा नजिक ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए । पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो । ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको प्रहरीले जनाएको छ।

The post दुर्घटनामा चालकसहित चार जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register