दाँत कोट्याउने सिन्का पनि विदेशमै निर्भर

काठमाडौं । नेपालमा नपाइने उच्च गुणस्तरीय प्रविधि मात्रै होइन आफ्नै घर आँगनमा पाइने वस्तुमा समेत नेपालीहरु विदेशीकै भर पर्न थालेका छन् । गत आर्थिक वर्ष २०८१|८२ मा नेपालीले आयात गरेको वस्तुको सूची हेर्दा नेपालीहरुको परनिर्भता बढेको देखिन्छ । गत आर्थिक वर्षमा साढे ३५ करोड रुपियाँको स्मार्ट फोन र झण्डै ८ करोड रुपियाँको दाँत कोट्याउने सिन्का […]

Jul 25, 2025 - 06:12
 0
दाँत कोट्याउने सिन्का पनि विदेशमै निर्भर

काठमाडौं ।

नेपालमा नपाइने उच्च गुणस्तरीय प्रविधि मात्रै होइन आफ्नै घर आँगनमा पाइने वस्तुमा समेत नेपालीहरु विदेशीकै भर पर्न थालेका छन् । गत आर्थिक वर्ष २०८१|८२ मा नेपालीले आयात गरेको वस्तुको सूची हेर्दा नेपालीहरुको परनिर्भता बढेको देखिन्छ । गत आर्थिक वर्षमा साढे ३५ करोड रुपियाँको स्मार्ट फोन र झण्डै ८ करोड रुपियाँको दाँत कोट्याउने सिन्का आयात गरेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ।

भन्सार विभागको विवरणअनुसार, पछिल्लो चार वर्षको तुलनामा गत आवमा सबैभन्दा धेरै स्मार्टफोन आयात भएको छ। यस आर्थिक वर्षमा कुल २१ लाख ८४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्, जसको मूल्य ३५ अर्ब ५४ करोड रुपिैया पुगेको छ। यो प्रविधि सामग्रीबाट मात्र सरकारले ६ अर्ब ६२ करोड रुपियाँ भन्सार राजस्व संकलन गरेको छ। बजार विश्लेषणअनुसार, स्मार्टफोनको मागमा अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशतले वृद्धि भएको देखिएको छ।

त्यति मात्र होइन, सामान्यतया सस्तो र सामान्य लाग्ने वस्तुहरू पनि विदेशी आयातमा भर परेको देखिएको छ। उदाहरणका लागि, दाँत कोट्याउने सिन्का मात्रै भारत, चीन लगायतका मुलुकबाट ७ करोड ८८ लाख रुपैयाँको आयात भएको छ।
तथ्यांकअनुसार, गत आवमा २० करोड रुपियाँ बराबरको सोया सस र टोम्याटो केचप नेपाल भित्रिएको छ। भने हुक्का विभिन्न फ्लेवरको २ करोड ४२ लाख रुपियाँको आयात भएको छ ।

आर्थिक वर्ष २०८१|८२ मा नेपालले इन्धन, खाद्य तेल र उपभोग्य सामग्रीको आयातमा सर्वाधिक खर्च गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार, डिजेल, कच्चा भटमास तेल र पेट्रोल आयातमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।नेपालले गत आवमा १ खर्ब २८ अर्ब ७६ करोड रुपियाँ बराबरको डिजेल आयात गरेको थियो, जुन कुल वस्तु आयातको ७.१४ प्रतिशत हिस्सा हो। दोस्रो स्थानमा कच्चा सोयाविन तेल रहेको छ, जसको आयात १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । कुल आयातको करिब ६ प्रतिशत छ ।

तेस्रो स्थानमा पेट्रोल छ, जसको आयात ६४ अर्ब १२ करोड ७४ लाख रुपियाँ बराबर छ। यस्तै, चौथो स्थानमा रहेको खाना पकाउने ग्यास (एलपी ग्यास) को आयात ६२ अर्ब ५८ करोड ७२ लाख रुपियाँ पुगेको छ।पाँचौं स्थानमा फलामजन्य उत्पादनको आयात ४८ अर्ब ७३ करोड रुपियाँ बराबरको भएको छ। यस्तै, फलाम÷स्टीलका पाताको आयात ३३ अर्ब ६ करोड रुपियाँ रहेको छ।

सूचीको सातौं स्थानमा स्मार्टफोन रहेको छ। गत वर्ष नेपालले रु ३५ अर्ब ५४ करोड रुपियाँ बराबरका २१ लाख ८४ हजार थान स्मार्टफोन आयात गरेको थियो। त्यस्तै ३० अर्ब २६ करोड रुपियाँ बराबरको औषधि, २९ अर्ब २ करोड रुपियाँ बराबरको कच्चा सूर्यमुखी तेल, र रु २१ अर्ब ५२ करोड रुपियाँ बराबरको कोईला आयात भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register