राष्ट्रसंघले भन्यो – गाजामा तीनमध्ये एक व्यक्ति भोकै

काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा लगभग तीन जनामध्ये एक जना धेरै दिनदेखि खानाविहीन रहेको बताएको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कुपोषण बढ्दै गएको छ र ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ ।” गाजामा यस हप्ता अनिकाल अझ खराब हुने अनुमान छ […]

Jul 26, 2025 - 04:24
 0
राष्ट्रसंघले भन्यो – गाजामा तीनमध्ये एक व्यक्ति भोकै

काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा लगभग तीन जनामध्ये एक जना धेरै दिनदेखि खानाविहीन रहेको बताएको छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कुपोषण बढ्दै गएको छ र ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ ।”

गाजामा यस हप्ता अनिकाल अझ खराब हुने अनुमान छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार इजरायलसँगको युद्ध सुरु भएदेखि कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १२२ पुगेको छ ।

गाजा भित्र र बाहिर सबै आवागमन नियन्त्रण गर्ने इजरायलले यस क्षेत्रमा पुग्न कुनै पनि सहायतालाई नरोकेको दाबी गर्दै आएको छ । इजरायलले गाजामा कुपोषणको लागि हमासलाई पनि दोष दिएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा ५९ हाजरभन्दा बढी मानिसहरू मारिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register