बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्न अनुमति

ढाका । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले आइतबार देशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध वारेन्ट (पक्राउ गर्न अनुमति) जारी गरेको छ । यसअघि आईसीटीका अभियोजकहरूले जुलाई–अगस्टमा भएको मानवताविरुद्धको अपराधसँग सम्बन्धित मुद्दामा हसिनाविरुद्ध औपचारिक आरोपहरू दायर गरेका थिए । हसिनाविरुद्ध आईसीटीमा पाँचवटा आरोप दायर गरिएको छ, जसमा हसिनालाई मानवता विरुद्धको अपराधको आदेश दिएको आरोप लगाइएको बीबीसीको समाचारमा […]

Jun 1, 2025 - 13:58
 0
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्न अनुमति

ढाका । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले आइतबार देशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध वारेन्ट (पक्राउ गर्न अनुमति) जारी गरेको छ ।

यसअघि आईसीटीका अभियोजकहरूले जुलाई–अगस्टमा भएको मानवताविरुद्धको अपराधसँग सम्बन्धित मुद्दामा हसिनाविरुद्ध औपचारिक आरोपहरू दायर गरेका थिए ।

हसिनाविरुद्ध आईसीटीमा पाँचवटा आरोप दायर गरिएको छ, जसमा हसिनालाई मानवता विरुद्धको अपराधको आदेश दिएको आरोप लगाइएको बीबीसीको समाचारमा उल्लेख छ ।

यस आरोपपत्रमा धेरै तथ्य, तथ्याङ्क, कागजात, भिडिओ र अडिओ कल विवरणहरू उद्धृत गरिएको छ । जबकि ८१ जनालाई साक्षीको रुपमा बोलाइएको छ।

यस मुद्दामा बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमान खान र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–मामुनविरुद्ध पनि आरोप लगाइएको छ ।

खानविरुद्ध पनि पक्राउ वारेन्ट जारी गरिएको छ । भने अल–मामुन पक्राउ परेका छन् ।

आईसीटीमा दायर गरिएको आरोपपत्रमाथिको सुनुवाइ आइतबार दिउँसो १२ः१५ बजे सुरु भएको थियो । सो बंगलादेशको सरकारी टेलिभिजन बीटीभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यसअघि मे १२ मा अनुसन्धान एजेन्सीका अधिकारीहरूले हसिनाविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएका थिए ।

त्यसदिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख अभियोजक ताजुल इस्लामले जुलाई–अगस्टको विरोध प्रदर्शनमा १ हजार ४०० भन्दा बढी व्यक्तिको हत्याका लागि हसिना जिम्मेवार रहेको बताएका थिए । उनले विरोध प्रदर्शनविरुद्ध गरिएको कारबाही सुनियोजित भएको बताए ।

हसिनाले गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनको क्रममा देश छोडेकी थिइन् । यसअघि उनले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक रुपमा प्रेरित भएको बताएकी थिइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register