सरकारको प्राथमिकतामा नपरेको चिसापानी : गड्डाचौकी सडक

धनगढी । नेपाल सरकारको प्राथमिकतामा नपर्दा चिसापनी—गड्डाचौकी पूर्वपश्चिम राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । सरकारले स्तरउन्नतीका लागि प्रयाप्त बजेट विनियोजन नगर्दा सडकको स्तरउन्नतीको काम निकै सुस्त गतिमा हुने गरेको छ । करिब १२७ किलो मिटर लामो उक्त राजमार्ग स्तरउन्नतीकालागि ३\४ करोड रकम विनियोजन गरेर सरकारले औपचारिकतामात्र पुरा गरेको आरोप कैलाली कञ्चनपुरका बासिन्दाहरुले गर्ने गरेका […]

Jul 28, 2025 - 07:13
 0
सरकारको प्राथमिकतामा नपरेको चिसापानी : गड्डाचौकी सडक

धनगढी ।

नेपाल सरकारको प्राथमिकतामा नपर्दा चिसापनी—गड्डाचौकी पूर्वपश्चिम राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । सरकारले स्तरउन्नतीका लागि प्रयाप्त बजेट विनियोजन नगर्दा सडकको स्तरउन्नतीको काम निकै सुस्त गतिमा हुने गरेको छ । करिब १२७ किलो मिटर लामो उक्त राजमार्ग स्तरउन्नतीकालागि ३\४ करोड रकम विनियोजन गरेर सरकारले औपचारिकतामात्र पुरा गरेको आरोप कैलाली कञ्चनपुरका बासिन्दाहरुले गर्ने गरेका छन् । उक्त राजमार्गको क्षेत्र कैलाली र कञ्चनपुर जिल्लामा पर्दछ ।

कैलाली कञ्चनपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु पनि यो राजमार्गको स्तरउन्नतीका बारेमा अनभिज्ञ जस्तै देखिएकाछन् । मन्त्री र साँसदहरुका प्राथमिकता पनि यो राजमार्ग नपर्दा स्तरउन्नती हुन नसकेको गुनासो जनताको छ । पाँच पाँच वर्षमा आवधिक मर्मत गर्नुपर्ने सडक ३० वर्ष हुँदा पनि त्यसले पूर्णता पाएको छैन । १५ देखि २० वर्षमात्र कालोपत्रेको म्याद हुने भएपनि ३० वर्ष सम्ममा पूर्ण स्तरउन्नती नहुनु सरकारको गैरजिम्मेवारपन भएको कैलालीका हर्कबहादुर बमले बताउनुभयो ।

२०४३ सालतिर कालोपत्रे भएको उक्त सडक पूर्णरुपमा स्तरउन्नती नहुदा सडक जीर्ण बन्दै गएको स्थानीय बासिन्दाहरु बताउँछन् । सडक जीर्ण भएकाले सडकमा गुड्ने सवारी साधनहरु समेत प्रभावित हुने गरेको सवारी चालकहरुको गुनासो छ । राजमार्गमा गडी गुड्दा गाउँका ग्राभेल सडकमा गाडी चलाएको जस्तो अनुभूति हुने गरेको अधिकाँश चालकहरुको भनाई छ ।

राजमार्गका विभिन्न भागहरु फुटेका र चर्केका कारण सडकमा सवारी साधन चलाउँदा ठूलो आवज आउने र सवारी साधनमा बस्दा पनि असहज हुने गरेको यात्रुहरुको भनाई छ । पूर्वपश्चिम राजमर्ग कालोपत्रे भएको करिव तीन दशक हुन लाग्दा समेत पुन स्तरउन्नतीको कमले पूर्णता पाएको छैन । प्रविधिकहरुका अनुसार कालोत्रे म्याद भनेको १५ देखि २० वर्षमात्र हुने गरेपनि यो राजमार्ग कालोपत्रे भएका करिब ३० वर्ष हुनै लाग्दा पूर्ण स्तरउन्नतीको काम हुन सकेको छैन ।

गड्डाचौकी देखि चिसापानी सम्मको सडक पुरै स्तरउन्नती गर्नुपर्ने बेला भइसकेको छ तर सरकारले यो सडकलाई स्तरउन्नती गर्ने प्राथमिकतामा नराख्दा सडकको अवस्था कम्जोर बन्दै गएको लम्की चुहा नगरपालिका १ बसपार्कका पहिल शााहीले बताउनुभयो । सडकको अधिकाँश क्षेत्र जीर्ण बन्दा सवारी साधन चलाउँदा पनि चालकहरुले झर्को मान्नुपर्ने अवस्था रहेको एक गाडी चालक रामबहादुर चौधरीले बताउनुभयो । राजमार्गमा गाडी चलाउँदा ग्राभेल सडकमा चलाएजस्तो हुने भएकाले यात्रुहरुले राजमार्गमा चलाउँदै हुनुहुन्छकी कुनै गाउँले बाटोमा गुरुजी भन्दै ब्यंग्य गर्ने गरेको गुनासो चालक चौधरीको थियो ।

पूर्वपश्चिम राजमार्गका अधिकाँश भागमा खाल्डाखुल्डी र जम्पिंग हुँदा सवारी साधन दुर्घटनाको उच्च जोखि रहने गरेको छ । सडकमा परेका खाल्डाखुल्डी पटके योजनाबाट टलटुल गरेपनि दीर्घकालिन समाधान नहुँदा सडकको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ ।

सरकारले यो सडक स्तरउन्नती भन्दै ३ करोड ९० लाख र मर्मतकालागि भन्दै २ करोड रकम पठाएको सडक डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका इन्जिनियर चित्र चौलागाईले जानकारी दिनुभयो । यस वर्ष कैलालीको लालपुर,अत्तरिया,स्याउले,पहलमानुपुर र जमुनावारीमा गरेर २ हजार ७ समय मिटर स्तरउन्नतीको काम भएको इन्जिनियर चौलागाँईले जानकारी दिनुभयो । रकम अभावका कारण चिसापानी गड्डाचौकी सडकको स्तरउन्नती कामलाई गति दिन नसकेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिश जोशीले जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register