३२ लाख नेपाली अझै टुजीमै, कति छन् फोर जी प्रयोगकर्ता ? 

काठमाडौँ । नेपालमा ३२ लाख बढी नागरिक टुजीका प्रयोगकर्ता रहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३२ लाख भन्दा बढी नागरिक टुजीका प्रयोगकर्ता रहेको पाइएको हो । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा थ्री जी भन्दा टुजी चलाउनेहरु करिब तेब्बर बढी रहेको देखिएको छ । गत जेठसम्म टुजीका प्रयोगककर्ता ३२ लाख १ हजार रहँदा […]

Jul 29, 2025 - 10:26
 0
३२ लाख नेपाली अझै टुजीमै, कति छन् फोर जी प्रयोगकर्ता ? 

काठमाडौँ । नेपालमा ३२ लाख बढी नागरिक टुजीका प्रयोगकर्ता रहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३२ लाख भन्दा बढी नागरिक टुजीका प्रयोगकर्ता रहेको पाइएको हो ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा थ्री जी भन्दा टुजी चलाउनेहरु करिब तेब्बर बढी रहेको देखिएको छ । गत जेठसम्म टुजीका प्रयोगककर्ता ३२ लाख १ हजार रहँदा थ्रीजीका प्रयोगकर्ता भने जम्मा ८ लाख ६९ हजार रहेका छन् । यसले अझै पनि धेरै नेपालीहरु पुरानो प्रविधि टुजीमै रमाइरहेको सरकारी तथ्यांकले प्रष्ट पारेको छ । 

गत जेठसम्मको तथ्यांक हेर्ने हो भने २ करोड ५४ लाख नेपालीले अहिले फोरजी प्रविधिमा आधारित मोबाइलमा इन्टरनेट चलाउछन् । कुल जनसंख्याको तुलनामा करिब ८८ प्रतिशत जनताले फोरजी चलाउने गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ । 

विश्व ‘सीक्स जी’मा गइसक्दा नेपाल भने अझै फाइभजीमा पनि जान सकेको छैन् । नेपाल टेलिकमले फाइभजीको परिक्षण गरे पनि लगानी र बजारको कारण देखाउँदै अझै सुरुवात गरेको छैन । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register