आर्थिक सर्वेक्षण: कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च

काठमाडौँ। कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च भएको पाइएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्ष २०८१-८२ को सर्वेक्षणमा कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च भएको जनाएका हुन्। चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये ११ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको हो ।  आर्थिक सर्वेक्षणमा […]

May 29, 2025 - 10:50
 0
आर्थिक सर्वेक्षण: कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च
काठमाडौँ। कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च भएको पाइएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्ष २०८१-८२ को सर्वेक्षणमा कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च भएको जनाएका हुन्।
चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये ११ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको हो ।  आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि रु ३६ अर्ब १५ करोड विनियोजन गरिएको उल्लेख छ ।
कृषि अनुदानमा गत आर्थिक वर्ष रु ३६ अर्ब १३ करोड ८० लाख विनियोजन गरिएको थियो । त्यसमध्ये रु २९ अर्ब ३१ करोड ८८ लाख खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा उखु किसानलाई उखु प्रवर्द्धन खर्चबापत रु दुई अर्ब २५ करोड विनियोजन गरिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register