बुधबार ४.४५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ९ कम्पनीको सेयर एक करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९५ करोडमाथिको सेयर कारोबार भएको छ […]

Feb 5, 2025 - 09:30
 0
बुधबार ४.४५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ९ कम्पनीको सेयर एक करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९५ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register