सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको युक्रेनको दाबी

May 23, 2023 - 02:07
 0
सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको युक्रेनको दाबी
सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको युक्रेनको दाबी

कीभ - मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ । 

"युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको ।," युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताउँनु भएको छ । युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।

रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई " निश्तेज" पार्ने प्रयास गरिरहेको बताएको थियो।

यता पोडोल्याकले  भने त्यस्ता गतिविधिमा रूसी "गुरिल्ला समूहहरू" जिम्मेवार हुन सक्ने बताउँनु भएको छ।

रासस- एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1