आज राष्ट्रिय महिला अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडाैं । आज पाँचौं राष्ट्रिय महिला अधिकार दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।'महिला हक अधिकार : सबैको साझा सरोकार' भन्ने नारासाथ दिवस मनाउन लागिएको हो । दिवसकाे अवसरमा महिला अधिकारकाे क्षेत्रमा क्रियाशिल लगायत संघ-संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
२०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा विशेष प्रस्ताव पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।
What's Your Reaction?