सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने सात जना पक्राउ

काठमाडौं। सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका-१ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका-११ घर भएका ३९ वर्षीय गुण बहादुर गुरूङ, गोरखा […]

Feb 7, 2025 - 10:41
 0
सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने सात जना पक्राउ

काठमाडौं।

सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका-१ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका-११ घर भएका ३९ वर्षीय गुण बहादुर गुरूङ, गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २७ वर्षीय सुमन पराजुली, गोरखा आरूघाट गाउँपालिका-६ घर भएका २९ वर्षीय पदम बहादुर मगर, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका-७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका-७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोपाल मोक्तान रहेका छन्।

विभिन्न मितिमा तरवार, खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटक लगायतका सामाजिक संजालमा केक काट्ने वहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारणमा डर/त्रास सृजना गरी आतंकित बनाउने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register