ग्लोबल आइएमई बैङ्कको ह्याकाथन प्रतियोगिता सम्पन्न, ‘टिम क्याल्कुलस’ प्रथम

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडद्वारा आयोजित ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ प्रतियोगिता सम्पन्न भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिमा आधारित नवप्रवर्तनात्मक बैङ्किङ सेवा विकास गर्नका लागि आयोजना गरिएको यो प्रतियोगिता नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज […]

May 4, 2025 - 07:07
 0
ग्लोबल आइएमई बैङ्कको ह्याकाथन प्रतियोगिता सम्पन्न, ‘टिम क्याल्कुलस’ प्रथम

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडद्वारा आयोजित ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ प्रतियोगिता सम्पन्न भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिमा आधारित नवप्रवर्तनात्मक बैङ्किङ सेवा विकास गर्नका लागि आयोजना गरिएको यो प्रतियोगिता नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत, अन्य वरिष्ठ व्यवस्थापक तथा विभिन्न संस्था र स्टार्टअप प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे र धरान—बाट सहभागी २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेसनको लागि छनोट गरिएको थियो । प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो, जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना गरिएको थियो ।

प्रतियोगितामा ‘टिम क्याल्कुलस’ विजेता बन्दै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । दोस्रो स्थान हासिल गर्ने डब्लुडिके टोलीले रु ७५ हजार, तेस्रो स्थानको लार्के पास टोलीले रु ५० हजार जित्यो । चौथो र पाँचौ स्थानमा रहेका टिम जनकपुर र फ्रडेक्स टोलीहरूले रु १५–१५ हजार पुरस्कार प्राप्त गरे । साथै, ‘बेष्ट प्रिजेन्टेसन’ विधामा डिजीविट्स टोलीलाई पनि रु १५ हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेता टोलीहरूलाई डेपुटी गभर्नर मिश्रले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा उनले यस्ता प्रविधि–केन्द्रित प्रतियोगिताले युवा र विद्यार्थीहरूमा नवप्रवर्तनको भावना बढाउने विश्वास राष्ट्र बैङ्कले लिएको बताए । साथै, उनले ग्लोबल आइएमई बैङ्कलाई नेपालमै पहिलो पटक एआई/एमएल ह्याकाथन आयोजना गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै बैङ्कका सीईओ सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैङ्किङमा सम्भावित सेवा तथा चुनौतीहरूको पहिचान गर्न सहयोग गर्ने बताए । साथै, उत्कृष्ट टोलीहरूसँग भविष्यमा सहकार्य गर्ने अवसर बैङ्कले प्रदान गर्ने समेत जानकारी दिए ।

ग्लोबल आइएमई बैङ्क हाल नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, कतार, साउदी अरबलगायतका देशहरूबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register