प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय समितिमा आज प्रश्नाेत्तर

Jun 16, 2023 - 02:00
 0
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय समितिमा आज प्रश्नाेत्तर
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय समितिमा आज प्रश्नाेत्तर

काठमाडौं । संसदीय सुनुवाइ समितिकाे बैठक आज पनि बस्दैछ । सिंहदरबारमा बिहान ८ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्न साेध्ने र जवाफ माग्ने कार्यक्रम तय भएकाे छ ।बैठकमा समिति सदस्यहरूले कार्कीसँग प्रश्न साेध्नेछन् भने कार्कीले त्यसकाे जवाफ दिनुहुनेछ ।

बिहीबारको बैठकमा उहाँले आफ्नो भनाइसहित २० पेज लामो न्यायालय सुधार कार्ययोजना प्रस्तुत गर्नुभएकाे थियाे । जसमा धेरैजसाे दीर्घकालीन याेजना थिए ।

कार्कीले निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताउनुभएको थियाे । संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको  भन्दै उहाँले न्यायपालिकामा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताउनुभएकाे थियाे ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा सदाचारयुक्त व्यवहारलाई प्रोत्साहन गर्नुका साथै विचौलियाको गतिविधि निगरानी र नियन्त्रणका ध्यान दिइने बताउनुभयो । विकृति न्यूनिकरण स्म्बन्धी र अटामेसन सम्बन्धी समितिको नेतृत्व गर्ने कार्यभार सम्हालेको भन्दै उहाँले न्यायपालिकामा रहेर ५ हजार बढी मुद्दाको फैसला गरेको जानकारी दिनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1