’लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने

कास्की ।  नेपाल प्रेस युनियनको आयोजनामा ’लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेश र युनियनका गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाका अध्यक्ष, पदाधिकारी एवं सदस्य सम्मिलित बैठकलाई सम्बोधन गर्दै युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आगामी चैत्र २६ गतेदेखि वैशाख १ गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने बताएका छन् । नेपाल युनियन […]

Jan 20, 2025 - 06:53
 0
’लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने

कास्की ।

 नेपाल प्रेस युनियनको आयोजनामा ’लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेश र युनियनका गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाका अध्यक्ष, पदाधिकारी एवं सदस्य सम्मिलित बैठकलाई सम्बोधन गर्दै युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आगामी चैत्र २६ गतेदेखि वैशाख १ गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने बताएका छन् ।

नेपाल युनियन गण्डकी प्रदेश कार्यसमितिको व्यवस्थापनमा हुने समिटको उद्घाटन जनआन्दोलन दिवस चैत्र २६ गते काठमाडौँमा हुने अध्यक्ष लम्सालले बताए । त्यसपछि २७ गते गण्डकी प्रदेशको नवलपुरस्थित त्रिवेणी यात्रामा निस्कने छ । यात्रा पाल्पाको रामपुर, स्याङ्जा हुँदै पोखरा आउनेछ । पोखरा आएको टोलीले पोखरामा गण्डकी प्रदेशको पर्यटनको बारेमा छलफल गर्नेछ । त्यस्तै, लुम्लेमा पुगेर नेपालको मिडिया क्षेत्रको सम्भावना र चुनौतीबारेमा कार्यपत्र प्रस्तुत गर्नेछ । सो टोली त्यहाँबाट मुस्ताङको जोमसोम पुग्नेछ । त्यहाँ जलवायु परिवर्तनको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ । सोही टोलीले अन्तिम दिन लोमान्थाङ पुगेर अन्तर्राष्ट्रिय समिटको घोषणा-पत्र जारी गर्नेछ ।

६ दिनसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लाको यात्रा गर्दै निस्कने टोलीमा करिब २ सय जनाले भाग लिने अनुमान छ । समिटमा जलवायु परिवर्तन, मिडिया क्षेत्रको वर्तमान अवस्था, सम्भावित चुनौतीहरु, गण्डकी प्रदेशको पर्यटन, विकासका बारेमा विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत हुने अध्यक्ष लम्सालले बताए ।
तयारीका लागि शनिबार पोखरामा अध्यक्ष लम्सालको उपस्थितिमा नेपाल प्रेस युनियन गण्डकी, युनियनका गण्डकी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष, पदाधिकारी एवं सदस्य सम्मिलित बैठक बसेको युनियन गण्डकीका महासचिव प्रकाश ढकालले जानकारी दिए ।

यात्रामा अन्तर्राष्ट्रिय पत्रकार महासंघसँग आबद्ध विभिन्न २० देशका पत्रकार, नेपालका अग्रज पत्रकार, युनियन केन्द्रीय कार्यसमिति, विभिन्न शाखा समेतका पदाधिकारी, सदस्य, अन्य संघसंगठनका पत्रकार गरी २ सयको सहभागिता हुनेछ । यस्तै, चैत्र २६ गते हुने उद्घाटनमा विभिन्न संघसंस्थाका प्रतिनिधि, विषय विज्ञ र राजनैतिक दलका प्रतिनिधिसहित गरी करिब ८ सयदेखि १ हजार जनाले भाग लिने छन् ।
यसैबीच, युनियन गण्डकीको बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासंघको चुनावी परिणामको समीक्षासमेत गरेको छ । गण्डकी प्रदेश अन्तर्गत १० जिल्लाको चुनाव शान्तिपूर्णरुपमा सम्पन्न भए पनि गोरखाको चुनाव हुन नसकेकामा तत्काल चुनाव गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ । बैठक नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा बसेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register