बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग

Jun 21, 2023 - 07:37
 0
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग

​​​​​​​काठमाडौँ । सङ्घीय  संसद्, प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा मैनालीले भन्नुभयो, “बाराको सिमरनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, विसं १३८१ मा राजा हरिसिंह देवलाई दिल्लीका बादशाह गयासुद्धिन तुग्लकले आक्रमण गरेपछि साम्राज्य ध्वस्त हुन पुग्यो । अहिले विगत छ वर्षको अन्तरालमा पोखरी खन्ने क्रममा श्रीकृष्ण र स्वामिनारायणको मन्दिर, एक हजारवर्षभन्दा पुराना पुरातात्विक संरचना फेला परेको छ । त्यसैले संरक्षित क्षेत्र घोषणा गरियोस् ।”

सांसद अञ्जनी श्रेष्ठले चितवनको राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने मानिसलाई वन्यजन्तुले आक्रमण गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अनिता देवीले अनागरिकलाई जतिसक्दो चाँडो नागरिकताको व्यवस्था गर्नुपर्ने माग गर्नुभययो । 

सांसद अनिसा नेपालीले दूध तथा दुग्धजन्य पदार्थलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद अब्दुल खानले संविधानमा भएको मौलिक हकको कानुन नबन्दा महिला, दलित, मधेसीलगायत उत्पीडित समुदाय मारमा पर्ने गरेको भन्दै मौलिक हकको कानुन बनाएर लागू गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद अमरबहादुर थापाले सुर्खेतहुँदै दैलेख जाने बाटोलाई थप फराकिलो बनाउँदै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । सांसद अमरेशकुमार सिंहले विगत केही दिनदेखि नागरिकता नपाएको जन्मसिद्धको छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका धर्नाकर्मीप्रति सरकारले दमन गरेको भन्दै विरोध जनाउनुभयो । 

सांसद अमृतलाल राजवंशीले चिया बगानका श्रमिकलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद अर्जुन नरसिंह केसीले गुठी र विर्ता जग्गाको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । 

सांसद अशोककुमार चौधरीले कृषि क्षेत्रमा कृषकले भोग्दै आएको मल, बीउ, लगायतका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद आश्माकुमारी चौधरीले नेपालको कषि क्षेत्रलाई आधुनिकिकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जतापनि भ्रष्टाचार नै भ्रष्टाचार छ, किसानले समयमा मल र बीउ पाउन सकेका छैनन्, सरकारले पनि त्यसतर्फ चासो दखाएको छैन ।”

सांसद ईश्वरबहादुर सिजालले दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–१ बेदिङमा टेलिकमको टावर स्थापनाको माग गर्नुभयो । सांसद ईश्वरी घर्तीले रोल्पा जिल्लाका धार्मिकस्थललाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग गर्नुभयो । सांसद ईश्वरीदेवी न्यौपाने, सांसद अरुणकुमार चौधरी, अमृतादेवी अग्रहरी, अमरबहादुर रायमाझीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1