अदालत र सरकार भारतको गुलाम भए, काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नाैँ : बालेन

Jun 22, 2023 - 09:12
 0
अदालत र सरकार भारतको गुलाम भए, काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नाैँ : बालेन
अदालत र सरकार भारतको गुलाम भए, काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नाैँ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अदालत र सरकार भारतको गुलाम भएको बताउनुभएकाे छ ।उच्च अदालत पाटनले हिन्दी फिल्मकाे प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएपछि मेयर शाहले अदालत र सरकार गुलाम बनेपनि देशको सार्वभौमिकता र स्वाधीनताका विषयमा आफूले कानुन र अदालतलाई नमान्ने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।

सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न बिहीबार उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत त्यसबारे प्रतिक्रिया दिनुभएकाे हाे । दक्षिण भारतीय फिल्म आदिपुरुषका लेखककाे अभिव्यक्तिबाटै भारतकाे हेपाहा प्रवृत्ति प्रष्ट हुने उल्लेख गर्दै उहाँले सरकार र अदालत भारतको गुलाम बनेकाे स्टाटसमा लेख्नुभएकाे छ ।

आफू जुनसुकै सजाय भाेग्न तयार रहेकाे तर महानगरभित्र हिन्दी फिल्म चल्न नदिने समेत मेयर शाहले उल्लेख गर्नुभएकाे छ । 'जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन, फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनीहरुको नियत थाहा हुन्छ, यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ, यसका लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन'- उहाँले लेख्नुभएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1