मदन भण्डारी गोल्डकप इन्डो–नेपाल पुरुष भलिबल बुटवलमा शुरु

बुटवल । मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप मा विभागिय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं.१० स्थित रामनगर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घघाटन खेलमा पुलिसले आयोजक मदन भण्डारी एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले एकेडेमीलाई […]

Jan 1, 2025 - 12:40
 0
मदन भण्डारी गोल्डकप इन्डो–नेपाल पुरुष भलिबल बुटवलमा शुरु

बुटवल ।
मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप मा विभागिय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं.१० स्थित रामनगर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घघाटन खेलमा पुलिसले आयोजक मदन भण्डारी एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले एकेडेमीलाई २५–२२, २५–२०, ३२–३४ र २५–१८ ले पराजित गरेको हो ।

खेलका निकै प्रतिस्पर्धात्मक बनेको थियो । २ सेटले अगाडि रहेको पुलिस तेस्रोमा पराजित भयो । तेस्रो सेट एकेडेमीले निकै प्रतिष्पर्धामा ३४–३२ अंकमा जितेको थियो । पहिलो सेटमा १२–६ ले पछाडी परेको मदन भण्डारी एकेडेमी खेलमा फर्कदै खेललाई २१–२१ मा पु¥याएको थियो तर सेट पुलिसले २५–२२ मा हात पार्न सफल भएको थियो ।पुलिसले दोस्रो खेल शनिवार मणीमुकुन्द भलिबल क्लबसंग खेल्ने छ भने मदन भण्डारी एकेडेमी शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसंग खेल्नेछ ।

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ । जसमा समुह एमा नेपाल पुलिस , मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् । समूह बिमा नेपाल एपिएफ क्लब, आर्मी, गल्कोट भलिबल क्लब, र गुजरात प्रदेश भलिवल एसोसियसन, भारत छन् ।

प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछन् । यसैगरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा विधाका उत्कृष्ट खेलाडीले १० हजार गर्ने छन् ।

त्यस अघि प्रतियोगिताको उद्घघाटन गदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनु भएको छ । मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास र खेलाडिहरुको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनु भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register