निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम एक वर्षभित्र सक्छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष ०८०-८१ भित्र साइट क्लियर गरिसकिने बताउनुभएकाे छ ।शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गरिएकाे बताउनुभयाे । सांसद् अच्युतप्रसाद मैनालीले साेध्नुभएकाे प्रश्नकाे उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेकाे बताउनुभयाे ।
'राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा पनि आवश्यकताअनुसार थप बजेट व्यवस्था गर्ने गरिएको छ, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षमा साइट क्लियर गर्ने कार्य सम्पन्न गर्ने कुरामा सरकारको गहिरो ध्यान छ, रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको छ, राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता प्राप्त आयोजनाहरुको जग्गाअधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ, आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरु मार्फत सम्बोधन गरिनेछ'- उहाँले भन्नुभयाे । अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेको विषयमा नेपाल सरकारको गहिरो ध्यान रहेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
What's Your Reaction?






