एकीकृत समाजवादीमा महासचिव भुसालले पाएनन् संगठन विभाग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी महासचिव घनश्याम भुसाललाई संगठन विभागको जिम्मेवारीबाट पन्छाएर अनुगमन तथा मूल्याङकन विभागको जिम्मेवारी दिएको छ । पार्टीले ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारीसहित जारी गरेको अन्तर पार्टी निर्देशनमा एकीकृत समाजवादीका महासचिव भुसालले कम्युनिष्ट पार्टीहरूका प्रचलितभन्दा फरक जिम्मेवारी पाएका हुन् । कम्युनिष्ट पार्टीहरुमा महासचिवलाई संगठन विभागको जिम्मेवारी दिने […]

Feb 5, 2025 - 05:54
 0
एकीकृत समाजवादीमा महासचिव भुसालले पाएनन् संगठन विभाग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी महासचिव घनश्याम भुसाललाई संगठन विभागको जिम्मेवारीबाट पन्छाएर अनुगमन तथा मूल्याङकन विभागको जिम्मेवारी दिएको छ ।

पार्टीले ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारीसहित जारी गरेको अन्तर पार्टी निर्देशनमा एकीकृत समाजवादीका महासचिव भुसालले कम्युनिष्ट पार्टीहरूका प्रचलितभन्दा फरक जिम्मेवारी पाएका हुन् ।

कम्युनिष्ट पार्टीहरुमा महासचिवलाई संगठन विभागको जिम्मेवारी दिने प्रचलन हुन्छ । हाल नेपालमा रहेका अधिकांश कम्युनिस्ट पार्टीहरूमा पनि त्यही परम्परा कायम छ । तर एकीकृत समाजवादीमा भने जिम्मेवारी लिने विषयमा देखिएको विवादपछि सङगठन विभाग प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसाललाई दिइएको छ । विभाग उपप्रमुखको जिम्मेवारी रामचन्द्र यादवलाई दिइएको छ ।

यो कार्यविभाजनको प्रस्ताव महासचिव भुसालले नै तयार पारेका थिए । तर अध्यक्ष माधव नेपालले उक्त प्रस्ताव हेरफेर गरेपछि विभादसमेत भएको थियो । पार्टीका एक पदाधिकारीका अनुसार संगठन विभागको जिम्मेवारीमा महासचिव भुसालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता वेदुराम भुसालले आकांक्षा राखेका थिए ।

अध्यक्ष नेपालले संगठन विभाग घनश्यामलाई दिन नचाहेपछि उनले अनुगमन तथा मूल्यांकन विभागको जिम्मेवारी खोजेका थिए । अध्यक्ष नेपालले संगठन विभाग सुरूदेखि नै वेदुरामलाई दिने चाहना राखेका ती नेताको भनाइ छ ।

अध्यक्ष नेपालकै चाहनाअनुसार एकीकृत समाजवादीले अहिले ३३ वटा विभागको कार्यविभाजन टुंग्याएर अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register