प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गरेका हुन् । बैठक आज दिउँसो बालुवाटारमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलका लागि उहाँले सबै दललाई बोलाउनुभएको हो,’ […]

Mar 30, 2025 - 07:19
 0
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गरेका हुन् । बैठक आज दिउँसो बालुवाटारमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलका लागि उहाँले सबै दललाई बोलाउनुभएको हो,’ उनले भने ।

सर्वदलीय बैठकमा संसद अवरोध अन्त्य, राजवादीको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले संसद अवरोध अन्त्यका विषयमा प्रमुख विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि फोन संवाद गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register