बरिष्ठा छातीरोग विशेषज्ञ गौरीशंकरलाल दासको जन्म शताब्दी मनाइदैं ।

भाद्र ३०, काठमाडौं । आगामी असोज ९ गते एक बरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकररलाल दासको एक सयौं जन्म शताब्दी मनाइने भएको छ । सो विषयमा आज काठमाडौं महानगरपालिकाको चाबहिलमा आयोजित एक कार्यक्रममा काठमाडैं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल कुमार हाडाले जानकारी दिनु भयो । वडाध्यक्ष हाडाको भनाई अनुसार उहाँको एक सयौं जन्म शताब्दी काठमाडैंको राष्ट्रिय सभा गृहमा मनाइने भएको छ ।
सो जन्म शताब्दी मनाउन नेपाल सरकारका पुर्व सचिव तथा पुर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालालाई संयोजक तोकिएको छ । यसैगरी काठमाडैं क्षेत्र नं ५ का नेपाली काँग्रेसका सभासद तथा महामन्त्री गगन थापालाई संरक्षक बनाइएको छ । यसैगरी सो जन्म शताब्दी मनाउन चार सय एकजनाको मुल समारोह समिति पनि बनाइएको छ ।
यसैगरी पुर्व उपराष्ट्रपति परमानन्द झा , पुर्व सभामुख दमननाथ डुंगाना, पुर्व मुख्य सचिव विमल कोइराला लगायत बिशिष्ट व्यक्ति सम्मिलित २९ सदस्यीय एक सल्लाहकार समिति पनि बनाइएको छ ।
वि.स. १९९१ साल असोज ९ गते सिराहा जिल्लाको इनेरवामा जन्मनु भएका डां गौरिशंकर लाल दास आधुनिक नेपालका दोस्रो छाति रोग विशेषज्ञ पनि हुनुहुन्छ ।
हाल उहाँ काठमाडौं महानगरपालिकाको वडा नं ७ को बुद्धङ्ग मार्ग, मित्रपार्क क्षेत्रमा स्थायी रुपले बसोवास गर्दै आउनु भएको छ । उहाँका दुइ छारो, दुइ छोरी छन भने श्रीमतीको निधन भइ सकेको छ । काठमाडौंको पुरानो वीर अस्पतालमा रेसिडेन्ट मेडिकल अफिसरको रुपमा फागुन २००९ सालमा सरकारी प्रवेश गर्नु भएका डां दास अहिले आफनो परिवारसंग सेवानिबृत जीवन यापन गरि रहनु भएको छ । उहाँले सन १९५५ मा भारतको पटना विश्वविद्यालयबाट एमबीबीएस,१९५६ मा बेलायतको wales र सन १९५७ बेलायतकै लण्डनबाटउहाँले उच्च शिक्षा हासिल गर्नु भएको थियो ।
What's Your Reaction?






