अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा डा. अन्जु उप्रेतीको सितार बादन ।

Dec 31, 2023 - 13:13
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा डा. अन्जु उप्रेतीको सितार बादन ।
पौष १५,काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको १८ औं श्रृंखलामा आज डा. अन्जु उप्रेतीको सितार बादनको प्रस्तुती रहेको थियो । डा. उप्रेतीले राग मधुवन्तीमा आधारित सितार बादन र अन्त्यमा भैरवी रागमा आधारित धुन प्रस्तुत गर्नु भएको थियो । कलाकार उप्रेतीलाई  सितार बादनको  प्रस्तुतीमा  बरिष्ठ तबला बादक पं अच्युतराम भण्डारीले साथ दिनु भएको थियो । 
राग मधुवन्ती तोडी थाटबाट उत्पन्न भएको राग हो । यसको आरोहमा ऋषभ र धैवत बज्र्य भएकाले यसको जाति औडव सम्पुणर् हो ।यसमा गन्धार कोमल, मध्यम तीब्र तथा अरु स्वरहरु शुद्ध प्रयोग हुन्छ । 

आजको कार्यक्रमको प्रमुख अतिथी नेपाल फिल्म क्याम्पसका प्रिन्सिपल शिशीर उप्रेती रहनु भएको थियो । कार्यक्रममा आफनो भनाई राख्दे फिल्म समीक्षक तथा प्रिन्सिपल शिशीर उप्रेतीले आफु संगीतको पारखी रहेको बताउँदै जुन संगीत सुन्दा आफनो मन  मन्त्रमुग्द हुन्छ त्यही संगीत उत्तम हुने  धारणा राख्नु भयो । 

कार्यक्रममा प्रमुख अतिथी उप्रेतीले सितार बादिका अन्जु उप्रेती र तानपुरा बादिका प्रेराणा श्रेष्ठलाई प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो ।

सम्पुणर् शास्त्रीय संगीतमा समर्पित अच्युतराम भण्डारी संगीत प्रतिष्ठानले सर्वप्रथम असार १५, २०७९ सालमा हरेक नेपाली महिनाको १५ गते शास्त्रीय संगीतको कार्यक्रम गरि कार्यक्रमको थालनी गरेको थियो ।
मासिक कार्यक्रम बाहेक अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा बरिष्ठ प्रशिक्षकहरुबाट गायन संगै बाँसुरी ,तबला , भायलिन र सितार बादनाको कक्षा संचालन हँुदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register