नेपाल र ब्रिटिश आर्मीबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा

लन्डन– बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मीसंग पहिलो मैत्रीपूर्ण खेल खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो । आर्मी हेडक्वार्टरमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । टिम म्यानेजर उत्तमराज भण्डारीले नेपाली खेलाडी एयरपोर्ट ओर्लने बित्तिकै आराम नगरि खेल्दा […]

May 4, 2024 - 12:49
 0
नेपाल र ब्रिटिश आर्मीबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा


लन्डन– बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मीसंग पहिलो मैत्रीपूर्ण खेल खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो ।

आर्मी हेडक्वार्टरमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

टिम म्यानेजर उत्तमराज भण्डारीले नेपाली खेलाडी एयरपोर्ट ओर्लने बित्तिकै आराम नगरि खेल्दा पनि उत्कृष्ट प्रदर्शन गरेको जनाए । ‘बेलायती र नेपाली खेलाडीको तुलना हुंदैन । तर, हामी फिजिकल्ली भन्दा पनि मोरल्ली स्ट्रंग छौं । नेपाली खेलाडीलाई त्यही अनुसार प्रोत्साहन गरिरहेका छौं’, उनले भने ।

भण्डारीले नेपाली खेलाडी आज आराम गर्ने भोलि आइतबार प्राक्टिसमा व्यस्त रहने जनाए ।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल ६ मे सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ ।


नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायत आएको हो ।

विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register