बेक्स्ली नेपाली समाजको “सबैले नाच्न सक्छन् (Everyone Can Dance)” कार्यक्रम भर्चुअल माध्यमबाट सुरू

Jan 10, 2022 - 05:10
Jan 10, 2022 - 11:41
 0
बेक्स्ली नेपाली समाजको “सबैले नाच्न सक्छन् (Everyone Can Dance)” कार्यक्रम भर्चुअल माध्यमबाट सुरू

लन्डन ,
बेक्स्ली नेपाली समाजको “सबैले नाच्न सक्छन् (Everyone Can Dance)” को नाराका साथ दोस्रो चरण को कार्यक्रम वर्चूअल माध्यम बाट सुरू भएको  छ।

पहिलो चरणको  कार्यक्रम भव्यता पूर्ण सफल भए पछि सबै सहभागी सदस्यहरूको विशेष अनुरोधमा यो दोस्रो चरणको कार्यक्रम सुरू गरिएको हो। बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेल लगायत अन्य पदाधिकारी तथा सम्पूर्ण कार्यकारिणी सदस्यहरूको साथै बेक्स्ली नेपाली समाजका आजिवन सदस्यहरूको पूर्ण सहयोगका साथ यो कार्यक्रम को सुरूवात भएको छ।

कार्यक्रम संचालन केदार थपलियाले गर्नु भएको थियो। कार्यक्रम को सुरूवातमा, बेक्स्ली नेपाली समाजका बरिष्ठ उपाध्याय हरिस ज्ञावलीले पहिलो कार्यक्रम जस्तै यो पनि सफल होस भन्ने सुभकामनाको साथै केही सहयोग चाहिएमा हर्दम  तयार रहने कटिबद्धता जाहेर गर्नु भयो।


त्यस्तै यस समाजका कोषाध्यक्ष तथा कार्यक्रमका संयोजक दिपेन सिटैलाले भन्नुहुन्छ, हामीले यस कार्यक्रमलाई पनि पहिलाको जस्तै जस्तै फेस टु फेस गर्ने सोचेका थियौं, त्यही अनुरूप सम्पूर्ण कार्य तय भएको थियो तर कोविड संक्रमण को बड्दो क्रमलाई मध्यनज़र राख्दै,सबैको सुझाव बमोजिम हामीले भर्चुअल माध्यमबाट गर्ने निर्णय गर्यौं  । उहॉ अगाड़ी थप्नु हुन्छ,सम्पूर्ण सदस्यहरूको उत्साह,नृत्य शिक्षिका को गहन मेहनत तथा कोरोनाको बेला घरमै रहदा हुने बिभिन्न शारीरिक र मानसिक समस्यालाई पनि ध्यानमा राखेर सरकारको गाइडलाइन फलो गर्दै हामिले यो कार्यक्रम चालाएका हौँ ।

“नाच्नु भनेकै घेरै बाच्नु हो ,नयाँ कुराहरू सिक्दै ज़िन्दगीका भर्याङ चड्नुपर्छ”,
कार्यक्रम संचालक तथा संस्थाका महा -सचिव केदार थपलियाले भन्नु भयो, साथै  उहाँले सबैको नृत्ययात्रा सफलरहोस भनि सुभकामना पनि दिनुभयो।

कार्यक्रम मा नृत्य शिक्षिकाले बोल्दै,आफुले जानेको कुराहरू अरूलाई सिकाउने आफ्नो सपना रहेको,यो एककिसिमको कला हस्तांतरण पनि हो भन्दै आफुलाई विश्वास गरेकोमा बेक्स्ली नेपाली समाज प्रति धन्यवाद प्रकट गर्नुभयो।

कार्यक्रमको समापन गर्ने क्रममा ,यस बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेलले आफुलाई वर्चूअल माध्यम बाट कार्यक्रमगर्दा राम्रो हुदैन कि  जस्तो लागेको थियो तर शारीरिक रूपमा जतिकै राम्रो भयो भन्दै आगामी कार्यक्रमको सफलता को सुभकामना दिनुभयो ।

यस्तो कार्यक्रम ले समाजमा छरियर रहेका नेपालीलाई एउटै धागोमा गासेर सुन्दर माला बनाउने काम गरेको हुन्छ। यो एउटा अतिरिक्त (complimentary) कार्यक्रम भएकोले समाजका जोकोही नारिहरूले सहभागिता जनाउन सक्नेछन्।


उक्त  कार्यक्रममा उपाध्यक्षहरु बिन्दु गुरुङ र बिजिता गौतम को पनि उपस्थिति थियो भने सह-कोषाध्यक्ष बाला पर्साई लगायत कार्यसमितिका सदस्य अजन्ता जोशी, कार्यकारी सदस्य तथा पत्रकारिता संयोजक अहिल्या कुँवर को पनि उपस्थिति थियो ।


अन्य सहभागिहरू - अंबिका गुरूङ, अर्चना लम्साल, बन्दना चापागाई, बनिता कार्की, बिपिना गिरी, कल्पना पन्डित, मनु/सुवास न्यैपाने, मेधा उपाध्याय ,रचना सिटैला मिश्र, दिपा सिटैला, रस्मिता पर्साई, रिमा पैडेल, रिसिका पैडेल, रिता भेटवाल सेडाई, सम्झना कोईराला, संगिता उपाध्याय, सिलु आचार्य, गायत्री श्रेष्ट्, राधा थापा, अमिता श्रेष्ट्, शुस्मा भन्डारी लगायत धेरै नृत्य सिक्नेहरुको पनि  उपस्थिति रहेको थियो।

'डान्स सिजन १' का नृत्य र तस्बिरहरू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal