नेपाल-श्रीलंका भिडन्त : दुवै टिमलाई दबाब

काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौं संस्करण अमेरिका र वेस्ट इन्डिजमा जारी छ । नेपालले आफ्नो दोस्रो खेल बुधबार बिहान श्रीलंकाविरुद्ध खेल्दैछ । नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, बङ्गलादेश र श्रीलंका पनि छन् । दक्षिण अफ्रिकाले तीन खेल खेलेको छ र सबैमा जित हासिल गरेको […]

Jun 11, 2024 - 13:45
 0
नेपाल-श्रीलंका भिडन्त : दुवै टिमलाई दबाब

काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौं संस्करण अमेरिका र वेस्ट इन्डिजमा जारी छ । नेपालले आफ्नो दोस्रो खेल बुधबार बिहान श्रीलंकाविरुद्ध खेल्दैछ ।

नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, बङ्गलादेश र श्रीलंका पनि छन् ।

दक्षिण अफ्रिकाले तीन खेल खेलेको छ र सबैमा जित हासिल गरेको छ । दुई खेल खेलेका बङ्गलादेश र नेदरल्याण्ड्सले एकमा पराजय र एकमा जित हात पारेका छन् ।

श्रीलंका भने यसअघिका दुवै खेलमा पराजित भएको छ । बङ्गलादेश र दक्षिण अफ्रिकासँग हारेको श्रीलंकाका लागि यो खेल नेपालका लागिभन्दा पनि अझ महत्त्वपूर्ण छ । किनकि नेपालसँग हारेमा श्रीलंका समूहचरणबाटै बाहिरिनेछ ।

नेपाल भने टेस्ट राष्ट्रलाई हराएर सुपर एट पुग्ने सम्भावना कायमै राख्ने लक्ष्यमा छ । नेपालले आगामी तीनमध्ये कम्तिमा दुई खेल जित्न सके सुपर एटको सम्भावना हुनेछ ।

टेष्टराष्ट्र भए पनि श्रीलंका यसपटक कमजोर देखिएको छ । यद्यपि नेपालभन्दा उसको हैसियत भने निकै माथि छ । यो समूहमा दक्षिण अफ्रिका अन्यभन्दा बलियो देखिएको छ । उसको सुपर एट पुग्ने सम्भावना लगभग सुनिश्चित छ ।

बाँकी अर्को टोलीका लागि चार टिमको प्रतिस्पर्धा छ । बङ्गलादेशले दक्षिण अफ्रिकासँग हार्नु अन्य टोलीका लागि केही फाइदाजनक हुन सक्नेछ ।

फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड स्टेडियममा हुने श्रीलंकाविरुद्धको खेलमा नेपालको चिन्ता भने ब्याटिङमै हुनेछ । पछिल्लो पटक नेपालका कुनै पनि ब्याटरले अपेक्षा र क्षमताअनुसार खेल्न सकेका छैनन् ।

ओपनर कुशल भूर्तेल र आसिफ शेखको फर्म फर्कने नेपालको विश्वास छ । यस्तै दीपेन्द्र सिंह ऐरीले पनि क्षमता देखाउन सकेका छैनन् । कप्तान रोहित पौडेलले मात्रै नेपाली ब्याटिङको सबै बोझ थामिरहेका छन् ।

यस्तोमा अन्य ब्याटर पनि चम्कन सके नेपालले टेष्ट राष्ट्र श्रीलंकालाई माथ दिन सक्नेछ । कप्तान पौडेलले पनि यही कुरा दोहोर्याएका छन् ।

श्रीलंकासँग पराजित भएमा नेपाल समस्यामा पर्नेछ । किनकि त्यसपछिका दुई खेल बलियो मानिएका दक्षिण अफ्रिका र बङ्गलादेशसँग हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register