आज बाट सगुन वास्तवमा सोसल गिफ्टिंग कम्पनी बनेको छ : भिडियो सहित

आउँदो तिहारमा आफ्ना दाजुभाइ, दिदीबहिनी अथवा परिवारजनहरुलाई कुनै गिफ्ट पठाउन मन छ भने सगुनको “Shop” फिचर मार्फत सजिलै पठाउन सकिनेछ | सगुनमा गिफ्ट सजिलै पठाउन मात्र होइन बाहिर बजारमा पाउने मूल्य भन्दा सस्तो मूल्यमा तपाईंका आफन्तहरूको घरदैलोमा गिफ्ट पुर्याउने व्यवस्था सगुनले लिएर आएको छ | 

Oct 30, 2021 - 17:32
 0

आज बाट सगुन वास्तवमा सोसल गिफ्टिंग कम्पनी बनेको छ

आउँदो तिहारमा आफ्ना दाजुभाइ, दिदीबहिनी अथवा परिवारजनहरुलाई कुनै गिफ्ट पठाउन मन छ भने सगुनको “Shop” फिचर मार्फत सजिलै पठाउन सकिनेछ | सगुनमा गिफ्ट सजिलै पठाउन मात्र होइन बाहिर बजारमा पाउने मूल्य भन्दा सस्तो मूल्यमा तपाईंका आफन्तहरूको घरदैलोमा गिफ्ट पुर्याउने व्यवस्था सगुनले लिएर आएको छ | 

भर्खरै सगुनले आइओएस र एन्ड्रोइड दुवैमा रिलिज गरेको “Shop” फिचर प्रयोग गरेर तपाईहरुले पनि नेपालमा भएका आफ्ना आफन्तहरुलाई सजिलै गिफ्ट पठाउन सक्नुहुनेछ | यो सर्भिस हाल विदेशमा रहेका “Sagoon” प्रयोगकर्ताहरुले नेपालमा रहेका “Sagoon” प्रयोगकर्ताहरुलाई मात्र पठाउन  मिल्ने भएतापनि आगामी  केही दिनमै  नेपालभित्र पनि प्रयोगकर्ताहरुले एक अर्कालाई उपहार “Sagoon” मार्फत नै दिने व्यवस्था ल्याउने सगुन टिमले जनाएको छ | 

सगुनले आफ्नो “Shop” फिचरलाई नेपाल हुँदै भारत लैजाने र त्यसपछि क्रमबद्ध रुपमा संसारभरी फैलाउने जानकारी गराएको छ |

मनुष्य को सबैभन्दा उत्कृष्ट चाहना उपहार नै हो, कि त उपहार पाउँदा अत्याधिक रमाउँछ कि त  उपहार दिँदा उत्ति नै रमाउछ | यही दर्शनलाई समातेर सगुनले आफ्नो कार्यप्रणालीलाई अगाडि बढाइरहेको थियो|
सगुनका फाउन्डर गोविन्द गिरीले एउटा जुम मिटिङमा भने “ आज बल्ल आएर सगुन वास्तवमा ‘सोसल गिफ्टिंग कम्पनी’ बनेको छ”| 

सगुनको रेभिन्यु शेयरिंग मोडल र गिफ्टिंग कलचरले सोसल मिडियामा नयाँ आयाम थपिएको छ | सगुनको प्लेटफार्ममा समय बिताए बापत प्रयोगकर्ताहरुले सित्तैमा स्मार्टकॉइन कमाउँछन्, यस्तो कन्सेप्ट हाल प्रचलित कुनैपनि सोसल मिडियाहरुमा पाइएको छैन |  प्रयोगकर्ताहरुले कमाएको स्मार्टकॉइन खर्च गर्ने व्यवस्था पनि सगुनले इनोवेटिव तरिकाले लिएर आईरहेको छ, जसमध्ये आज रिलिज गरेको “Shop” फिचर पनि एक हो |
सगुन प्ले स्टोर अथवा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ | 

तपाईं पनि (www.hamroglobalmedia.com) मा लेख लेख्न सक्नुहुन्छ।
यो हाम्रो साझा पोर्टल हो। आजै खाता खोल्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register