पाकिस्तानका शिखहरु यातनाको सामना गर्दै, भविष्य अनिश्‍चित

शिखविरुद्ध जबरजस्ती धर्म परिवर्तन र हिंसाले कुनै कानूनी सुरक्षा नपाएको डेली शिखले रिपोर्ट गरेको छ। अल्पसंख्यक अधिकारकर्मी र लाहोरको जीसी कलेज विश्वविद्यालयका एक शिक्षक प्रोफेसर कल्याण सिंहले शिख जनसंख्याको यस गिरावटको एउटा कारण जबरजस्ती धर्म परिवर्तन रहेको जनाइएको छ।

Oct 21, 2021 - 06:24
 0
पाकिस्तानका शिखहरु यातनाको सामना गर्दै, भविष्य अनिश्‍चित

इस्लामावाद- सन् २०१४ पछि पाकिस्तानमा शिखहरुको हत्याका घटनाले चिन्ता पैदा गरेको छ। सिखहरु पाकिस्तानको धार्मिक उग्रवादी समूहहरुको पछिल्लो निशाना बनेका छन्। जसले समुदायका सदस्यहरुलाई देशमा आफ्नो भविष्यको बारेमा अनिश्चित बनाएको छ।

भर्खरै सेप्टेम्बर ३० मा खैबर पख्तुनख्वा प्रान्तको पेशावरस्थित एक क्लिनिक भित्र एक सिख युनानी चिकित्सा व्यवसायी सतनाम सिंहको गोली हानी हत्या गरिएको थियो। पछि इस्लामिक स्टेट दयशले हत्याको जिम्मेवारी लिएको थियो। गत वर्ष जनवरीमा, रबिंदर सिंह, जो मलेशियामा रहेका थिए र पाकिस्तानमा आफ्नो विवाहको लागी आफ्नो घर फर्केका उनको खैबर पख्तुनख्वा प्रान्तको मर्दन सहरमा उनको हत्या भएको थियो।


सिख अधिकारका समर्थकहरुका अनुसार उनीहरुको अल्पसंख्यक समुदायको जनसंख्या २००२ पछि नाटकीय रुपमा घटेको छ। 

शिखविरुद्ध जबरजस्ती धर्म परिवर्तन र हिंसाले कुनै कानूनी सुरक्षा नपाएको डेली शिखले रिपोर्ट गरेको छ। अल्पसंख्यक अधिकारकर्मी र लाहोरको जीसी कलेज विश्वविद्यालयका एक शिक्षक प्रोफेसर कल्याण सिंहले शिख जनसंख्याको यस गिरावटको एउटा कारण जबरजस्ती धर्म परिवर्तन रहेको जनाइएको छ।

पाकिस्तानको नेशनल डाटाबेस एण्ड रजिस्ट्रेशन अथोरिटीका अनुसार पाकिस्तानमा मात्र ६ हजार १४६ शिखहरु दर्ता भएको दाबी गरिएको छ।
एनजीओ सिख रिसोर्स एण्ड स्टडी सेन्टरद्वारा गरिएको जनगणना अनुसार करिब ५०,००० सिखहरु अझै पाकिस्तानमा बस्छन्। जबकि, अमेरिकी विदेश विभागले पाकिस्तानमा सिखहरुको जनसंख्या २० हजार रहेको दाबी गरेको छ।

शिखहरुको जबरजस्ती धर्म परिवर्तन गराउने, अपहरण गर्ने, दुर्व्यवहारहरु गर्नेलगायतका घटनाहरु भए पनि सरकारले भने कुनै चासो दिएको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register