दुई सय रुपैयाँले बढ्यो कुरिलोको मूल्य, बुधबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलो मूल्य बढेको छ । कुरिलोको  मूल्य दुई सय रुपैयाँले बढेर ६०० रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) […]

Oct 2, 2024 - 08:37
 0
दुई सय रुपैयाँले बढ्यो कुरिलोको मूल्य, बुधबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलो मूल्य बढेको छ । कुरिलोको  मूल्य दुई सय रुपैयाँले बढेर ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ७५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १२५ रुपैयाँ, लोकल गाजर १३०  रुपैयाँ, तराई गाजर १२० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, बन्दा तराई ६० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ४० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी १२०, मकै बोडी ९०, घिउ सिमी लोकल १२०, टाटे सिमी ९०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ९०, लोकल परवर १०० रुपैयाँ, चिचिण्डो ७० रुपैयाँ, घिरौला ९०, झिगुनी ७०, फर्सी पाकेको ५०, भिण्डी ८०, बरेला १३०, पिंडालू ६०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ८० र तोरीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १८०, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, कुरिलो ६००, न्युरो ८०, ब्रोकाउली ९०, चुकन्दर ८०, जिरीको साग ९०, सेलेरी ७००, पार्सले २०००, पुदिना ७००, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १४०, खुर्सानी हरियो (बुलेट) १८०, खुर्सानी हरियो (अकबरे) २८०, खुर्सानी हरियो (माछे) १००, भेडे खुर्सानी १६०, हरियो लसुन २५०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(फूजी) ३००, केरा (दर्जन) १३०, कागती २३०, अनार ३३०, अंगुर (कालो) ३८०, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ५०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register