क्रान्तिकारीमा सुल्झिएन उमेरहद विवाद, अब के हुन्छ ?

काठमाडौं । अखिल (क्रान्तिकारी) मा उमेरहदको विवाद अझै सुल्झिएको छैन । त्यसकै कारण १४ गते नै सकिनुपर्ने २३औं सम्मेलन अझैसम्म लम्बिइरहेको छ । गत असोज १० गतेयता कीर्तिपुरमा जारी सम्मेलनको समूहगत छलफलबाट सङ्गठनमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने माग भएपछि मातृपार्टी नेकपा (माओवादी केन्द्र) ले ३२, ३० र २८ मध्ये एउटा उमेरहद लागू गर्ने निर्णय […]

Oct 2, 2024 - 09:25
 0
क्रान्तिकारीमा सुल्झिएन उमेरहद विवाद, अब के हुन्छ ?

काठमाडौं । अखिल (क्रान्तिकारी) मा उमेरहदको विवाद अझै सुल्झिएको छैन । त्यसकै कारण १४ गते नै सकिनुपर्ने २३औं सम्मेलन अझैसम्म लम्बिइरहेको छ ।

गत असोज १० गतेयता कीर्तिपुरमा जारी सम्मेलनको समूहगत छलफलबाट सङ्गठनमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने माग भएपछि मातृपार्टी नेकपा (माओवादी केन्द्र) ले ३२, ३० र २८ मध्ये एउटा उमेरहद लागू गर्ने निर्णय गरिसकेको छ ।

पार्टीले ‘उमेरहद लागू गर्ने कि नगर्ने’ र ‘लागू गरे कति वर्षे गर्ने’ भन्ने गरी दुईवटा विषयको छिनोफानो निर्वाचनमार्फत गर्न निर्देशन गरेको छ । तर, निर्वाचन हुन सकिरहेको छैन । खासगरी अध्यक्षका प्रत्याशीहरू सर्वप्रथम उमेरहद लागू गर्न नहुने र कदाचित लागू गर्नैपर्ने अवस्था आए निर्वाचनमार्फत टुङ्गिनुपर्ने पक्षमा छैन् । त्यहीँ कुरा नमिल्दा निर्वाचन हुन नसकिरहेको हो ।

निर्वाचन हुनुको साटो बरु त्यहाँ झडप र कुर्सी हानाहानको अवस्था सृजित भएको छ । बुधबार (आज) पनि यो क्रम दोहोरिएको छ । यसपछि अध्यक्ष मण्डलले बन्दसत्र नै स्थगन गरेको छ ।

क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान र कुटाकुट (भिडिओसहित)

यसअघि पनि त्यहाँ विवाद भएको थियो । यसपछि अध्यक्षका प्रत्याशीहरूलाई लिएर फ्र्याक्सन इन्चार्ज हिमाल शर्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेका थिए । तर, प्रचण्डले निर्णयानुसार नै निर्वाचन गर्न निर्देशन गरे ।

तर, अहिलेसम्म निर्वाचन हुन सकेको छैन । अध्यक्ष प्रचण्डले विवाद सुल्झाउन पार्टी उपमहासचिव शक्ति बस्नेतलाई खटाएका छन् । विवाद सुल्झाउनका लागि खटिएका बस्नेतले मङ्गलबार राति अबेरसम्म सङ्गठनका पूर्वअध्यक्षहरूसँग बागबजारस्थित होटल हार्दिकमा संवाद गरेका थिए तर, पनि समस्याको समाधान निस्केन ।

यससँगै उमेरहद राख्ने कि नराख्ने र राखे कुन राख्ने भन्नेबारेको विवाद सकिएको छैन । अध्यक्षका प्रत्याशीहरूले निर्वाचनमार्फत नै त्यसको निर्क्योल हुनुपर्ने अडान लिएका छन् ।

अखिल क्रान्तिकारीमा उमेर हदबारे निर्वाचन हुँदै : कार्यान्वयन भए निवर्तमान उपमहासचिव अध्यक्षका दाबेदार

त्यसरी जाँदा मात्रै आफूहरूले उमेरहद मान्ने उनीहरूले बताइरहेका छन् । अध्यक्षका एक प्रत्याशीले भने, “हामी २५ वर्षे उमेरहदसमेत मान्न तयार तर, त्यसको निर्क्योल निर्वाचनमार्फत हुनुपर्छ । अन्यथा मान्देनौँ ।”

अध्यक्षका अर्का प्रत्याशी जीपी मैनाली पनि त्यहीँ समर्थन जनाउँछन् । उनले सबै विषय निर्वाचनमार्फत नै टुङ्गो लाग्नुपर्ने बताउँछन् ।

त्यसो त खासगरी पार्टीका कतिपय नेताहरूले भने आपसको संवादबाटै उमेरहद विवाद टुङ्गिनुपर्नेमा जोड गरेको बताइन्छ । त्यसकै कारणले समस्या भएको विद्यार्थी नेताहरूको बुझाइ छ ।

  • सम्बन्धित समाचार

क्रान्तिकारीको सम्मेलन स्थलमा तोडफोड, बन्दसत्र स्थगन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register