यतिको लुटविरुद्ध जागे जनता, विमानस्थलको काउन्टर तोडफोड, लाग्यो यति एयरलाइन्स मुर्दाबादको नारा !

काठमाडौँ । यति एयरलाइन्सको काउन्टर तोडफोड भएको छ । चाडवाडको समयमा दोब्बर शुल्क लिएर पनि समयमा उडान नगरेको भन्दै यात्रुहरूले काउन्टर तोडफोड गरेका हुन् । आक्रोशित यात्रुहरूले यति  एयरलाइन्सका कर्मचारीलाई हातपात समेत गरेका थिए । केही दिन अघि परेको अविरल वर्षाका कारण अधिकांश राजमार्ग अवरुद्ध हुँदा हवाई उडान उपत्यकाबाहिर जाने एक मात्र विकल्प बनेको छ […]

Oct 2, 2024 - 09:37
 0
यतिको लुटविरुद्ध जागे जनता, विमानस्थलको काउन्टर तोडफोड, लाग्यो यति एयरलाइन्स मुर्दाबादको नारा !

काठमाडौँ । यति एयरलाइन्सको काउन्टर तोडफोड भएको छ । चाडवाडको समयमा दोब्बर शुल्क लिएर पनि समयमा उडान नगरेको भन्दै यात्रुहरूले काउन्टर तोडफोड गरेका हुन् ।

आक्रोशित यात्रुहरूले यति  एयरलाइन्सका कर्मचारीलाई हातपात समेत गरेका थिए ।

केही दिन अघि परेको अविरल वर्षाका कारण अधिकांश राजमार्ग अवरुद्ध हुँदा हवाई उडान उपत्यकाबाहिर जाने एक मात्र विकल्प बनेको छ । सोही अवस्थाको फाइदा उठाएर एयरलाइन्स कम्पनीहरूले मनपरी शुल्क असुलेका छन् ।

६ हजारको टिकटलाई १२ हजार रुपैयाँ लिएर पनि समयमा उडान नहुँदा यात्रुहरूले यति एयरलाइन्सको टिकेटिङ डेक्स घेराउ गरेका थिए ।

यता, विपदको अवस्थामा महँगो भाडा नलिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै आग्रह गर्दा पनि एयरलाइन्स कम्पनीहरूले अटेर गरेको पाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register