दीपेन्द्रसिंह ऐरी विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौं । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार दीपेन्द्र चार स्थानमाथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् । नेपाली खेलाडीले आईसीसीको विश्व वरीयतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् । उनले अस्ट्रेलियाका […]

Oct 2, 2024 - 10:05
 0
दीपेन्द्रसिंह ऐरी विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौं । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार दीपेन्द्र चार स्थानमाथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् ।

नेपाली खेलाडीले आईसीसीको विश्व वरीयतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो ।

इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् । उनले अस्ट्रेलियाका मार्कुस स्टोनिस, जिम्बाब्बेका  शिकन्दर राजालगायतका स्टारलाई पछाडि पारेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register