बुधबार नेप्सेमा २६.०७ अंकको करेक्सन, ६ अर्ब ७७ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचकमा करेक्सन देखिएको छ । आज नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय  १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार ७ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ […]

Oct 2, 2024 - 10:49
 0
बुधबार नेप्सेमा २६.०७ अंकको करेक्सन, ६ अर्ब ७७ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचकमा करेक्सन देखिएको छ । आज नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय  १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार ७ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ७१ लाख ५५ हजार २ सय ६७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, बुधबार थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register