मौरिरस पठाउने भन्दै साढे ६ लाख ठग्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मौरिरस पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुर्खेत जिल्ला चिङगाड गाउँपालिका वडा नं. ०३ घर भई हाल काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १४ कलंकी बस्ने ३६ वर्षीया बिमला जि.सी रहेकी छिन् । उनले ५ जना बेरोजगार युवा युवतीहरुलाई वैदेशिक रोजगारीका […]

Oct 7, 2024 - 08:45
 0
मौरिरस पठाउने भन्दै साढे ६ लाख ठग्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मौरिरस पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुर्खेत जिल्ला चिङगाड गाउँपालिका वडा नं. ०३ घर भई हाल काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १४ कलंकी बस्ने ३६ वर्षीया बिमला जि.सी रहेकी छिन् ।

उनले ५ जना बेरोजगार युवा युवतीहरुलाई वैदेशिक रोजगारीका लागि मौरिरस पठाईदिने भन्दै ६ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् । उनीविरुद्ध विदेश पठाईदिने भन्दै लामो समय झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितहरुले उजुरी दिएका थिए ।

पीडितहरुले दिएको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज १८ गते कलंकीबाट पक्राउ गरेको थियो ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको  प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register