गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच छलफल

काठमाडौं ।   गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबिच बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग पुनःसञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ-संगठनका पदाधीकारीहरुबिच विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका […]

Oct 2, 2024 - 14:51
 0
गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच छलफल

काठमाडौं ।  

गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबिच बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग पुनःसञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ ।

बुधबार गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ-संगठनका पदाधीकारीहरुबिच विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका विषयमा सकरात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

‘विपद्को स्थितीमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ ।’ बरिष्ठ उपाध्यक्ष सिटौला भने, ‘बीपीराजमार्ग अन्र्तगत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।’

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताए । उनले भने- हामीले सवारीचेकँजाच लगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौं ।’

मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्वन्धीत मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी समेत सक्रिय रहेको बताए ।

‘पृथ्वी राजमार्गको झ्याप्ले लगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ ।’, उनले भने,’चाडबाडका बेला आएको विपद्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register