झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने

झापा, १६ असोज । जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । नजिकिँदै गरेको चाडपर्वहरु दशैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने विभिन्न किसिमका आपराधिक घटनाहरुलाई न्यूनीकरण तथा रोकथामका साथै सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्‍वसनीय र सुदृढ बनाउन प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । नागरिकले भयरहित वातावरणमा आपसी सद्‍भावका साथ [...] The post झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने appeared first on Jhapa Online.

Oct 2, 2024 - 14:38
 0
झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने

झापा, १६ असोज । जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

नजिकिँदै गरेको चाडपर्वहरु दशैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने विभिन्न किसिमका आपराधिक घटनाहरुलाई न्यूनीकरण तथा रोकथामका साथै सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्‍वसनीय र सुदृढ बनाउन प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । नागरिकले भयरहित वातावरणमा आपसी सद्‍भावका साथ चाडपर्व मनाउने अवस्था सिर्जना गर्नका असोज १० गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने चाडपर्व लक्षित सुरक्षा योजना २०८१ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त योजना अनुसार जिल्लामा १ हजार २६० जना प्रहरी परिचालित हुनेछन् । उनीहरु कमाण्ड पोष्ट, पिकेट, रिजर्भ, क्यूआरटी, स्ट्राइकिङ, नियमित चेक प्वाईन्ट ड्युटी (मापसे चेकिङसहित), विशेष चेकिङ (लामो दुरीको सवारी चेकिङ), ट्राफिक सहितको संयुक्त चेकिङ, मोबाइल गस्ती, झै–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रण, पैदल गस्ती र सादा पोशाकमा जिल्लाभरि परिचालन हुनेछन् ।

The post झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register