उपत्यकाका नदीमा जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जसका कारण काठमाडौँ उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ । भक्तपुर जिल्ला स्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हनुमन्ते खोला तटीय क्षेत्रमा दिउँसोसम्मै बाढीको जोखिम रहेकोले […]

Oct 3, 2024 - 03:05
 0
उपत्यकाका नदीमा जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जसका कारण काठमाडौँ उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ ।

भक्तपुर जिल्ला स्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हनुमन्ते खोला तटीय क्षेत्रमा दिउँसोसम्मै बाढीको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register