नेपालमा बनेको हुन्डाई ‘भेन्यु इ’को बिक्री वितरण सुरु, कति पर्छ मूल्य ? 

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनको नयाँ भेरियन्ट ‘भेन्यु इ’को बिक्री वितरण सुरु भएको छ । कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यावसायिक उत्पादन सुरु गरेसँगै ‘हुन्डाई नेपाल : मेड फर योर जर्नी’ क्यापेन पनि सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको कम्पनीले जनाएको छ । हुन्डाई […]

Oct 3, 2024 - 08:21
 0
नेपालमा बनेको हुन्डाई ‘भेन्यु इ’को बिक्री वितरण सुरु, कति पर्छ मूल्य ? 

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनको नयाँ भेरियन्ट ‘भेन्यु इ’को बिक्री वितरण सुरु भएको छ । कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यावसायिक उत्पादन सुरु गरेसँगै ‘हुन्डाई नेपाल : मेड फर योर जर्नी’ क्यापेन पनि सुरु गरेको थियो ।

हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको कम्पनीले जनाएको छ । हुन्डाई भेन्यु इ को प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४०,९६,००० रुपैयाँ कायम गरिएको छ । यद्यपि यसमा दशैं तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने बताइएको छ ।

हाल नेपालमा उपलब्ध भेन्युका अरू भेरियन्टहरुमध्ये Venue (S) 1.2 को मूल्य ४४,९६,००० रुपैयाँ र Venue (SX) 1.2 को मूल्य ५३,५६,००० रुपैयाँ कायम गरिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register