भारतका चुनावी रणनीतिकार प्रशान्त किशोरले खोले नयाँ पार्टी

काठमाडौं । भारतीय राजनीतिक रणनीतिकार प्रशान्त किशोरले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । बुधबार बिहारको राजधानी पटनामा एक सार्वजनिक सभा गरेर नयाँ पार्टी घोषणा गरिएको हो । पार्टीको नाम राखिएको छ– जन सुराज । पार्टीको कार्यवाहक अध्यक्ष मनोज भारतीलाई बनाइएको छ । बिहारमा हुने आसन्न उपनिर्वाचनमा उम्मेदवार खडा गरेर पार्टीले चुनावी अभियान सुरु गर्ने […]

Oct 3, 2024 - 08:25
 0
भारतका चुनावी रणनीतिकार प्रशान्त किशोरले खोले नयाँ पार्टी

काठमाडौं । भारतीय राजनीतिक रणनीतिकार प्रशान्त किशोरले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । बुधबार बिहारको राजधानी पटनामा एक सार्वजनिक सभा गरेर नयाँ पार्टी घोषणा गरिएको हो । पार्टीको नाम राखिएको छ– जन सुराज ।

पार्टीको कार्यवाहक अध्यक्ष मनोज भारतीलाई बनाइएको छ । बिहारमा हुने आसन्न उपनिर्वाचनमा उम्मेदवार खडा गरेर पार्टीले चुनावी अभियान सुरु गर्ने बताइएको छ ।

प्रशान्त किशोरले आफू पार्टी अध्यक्ष तथा बिहार मुख्यमन्त्रीको दाबेदार भने नहुने बताएका छन् । बुधबार पटनामा उनले भने– म पार्टी अध्यक्ष वा भावी मुख्यमन्त्रीको दाबेदार हुने छैन । मेरो उद्देश्य पद वा सत्ता नभएर राजनीतिक सुधार हो । सक्षम साथीहरुलाई बिहारको जिम्मेवारी सुम्पेर म देशभरि डुल्नेछु ।

प्रशान्त किशोरले विगत २ वर्षदेखि बिहारका गाउँगाउँमा गएर ‘जन सुराज’ अभियान चलाई रहेका थिए ।

आफू पार्टीको मूल नेता र बिहार मुख्यमन्त्रीको दाबेदार नहुने उनको घोषणालाई कतिपयले सकारात्मक रुपमा लिएका छन् भने कतिपयले आलोचना पनि गरिरहेका छन् ।

मानिसले प्रश्न उठाइरहेका छन्–‘नेतृत्व लिन डराएको वा जिम्मेवारीबाट भागेको मान्छेले राजनीतिक सुधार कसरी गर्छ ? जनआकांक्षा कसरी पूरा गर्छ ?’

चर्चित पत्रकार रजत शर्माको टिप्पणी छ–‘राजनीतिमा खेल नखेल्ने, ननप्लेइङ क्याप्टेनको कुनै जरुरत हुँदैन । प्रशान्त किशोरले बिहारका जनतालाई प्रष्ट विकल्प दिनु पर्दछ । मुख्यमन्त्रीको दाबी पेश गर्नु पर्दछ ।’

‘जन सुराज’ अभियान सुरु गर्नु अघि उनी राजनीतिक दलहरुको पेशेवर रणनीतिक सल्लाहकार तथा चुनावी रणनीतिकार रहँदै आएका थिए । उनले भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस र जनता दल युनाइटेडका लागि त्यस्तो काम गरेका थिए ।

सन २०१० को दशकमा प्रशान्त किशोरले जुन दलका लागि चुनावी रणनीति बनाउँछन्, उसैले जित्छ भन्ने सोच बढ्दै गएको थियो तर, पछिल्ला केही वर्ष यता उनी स्वतन्त्र थिए ।

जन सुराज पार्टीले गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, लोकतन्त्रको शुद्धिकरण र स्वच्छ शासन प्रशासनलाई मुख्य मुद्दा बनाउने बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register