दशैं आयो…, घरघरमा जमरा राखियो, दशैं घरमा रौनक (तस्विरहरु)

काठमाडौँ । घटस्थापना अर्थात वडा दशैंको पहिलो दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा विधिवतरुपमा जमरा राखिएको छ । बिहान ९:१६ मिनेटको शुभ साइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई […]

Oct 3, 2024 - 09:45
 0
दशैं आयो…, घरघरमा जमरा राखियो, दशैं घरमा रौनक (तस्विरहरु)

काठमाडौँ । घटस्थापना अर्थात वडा दशैंको पहिलो दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा विधिवतरुपमा जमरा राखिएको छ । बिहान ९:१६ मिनेटको शुभ साइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् ।

आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ ।

आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपन गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । बाँकी तस्वीरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register